images

विश्वबैंकको नेपालनिर्देशकमा डेभिड सिस्लेन, मन्त्रालयमा स्वागत र विदाई

काठमाडौं । विश्वबैंकले डेभिड सिस्लेनलाई नेपालकालागिविश्व बैंकको राष्ट्रिय निर्देशकनियुक्त गरेको छ । डेभिडले काठमाडौंस्थितविश्व बैंकको उपेक्षेत्रीयकार्यालयमार्फत माल्दिभ्स र श्रीलंकाको राष्ट्रिय निर्देशकको समेत जिम्मेवारी निर्वाह गर्नेछन् ।
अमेरिकीनागरिक डेभिड यसअघि ल्याटिन अमेरिका र क्यारिबियनमुलुकहरुकालागिविश्व बैंककातर्फबाट शहरी व्यवस्थापन र विपद् जोखिमन्यूीकरणसम्बन्धी व्यवस्थापकका रुपमाकार्यरत थिए ।
उनीसँगविश्व बैंकमा रहेर युरोप, ल्याटिन अमेरिका, अफ्रिका, पूर्वीएसिया र एसियाप्रशान्त क्षेत्रमापूर्वाधार, शहरी विकास तथाप्रकोप जोखिमव्यवस्थापनसम्बन्धीप्रबन्धकभएर काम गरेको अनुभव छ ।
डेभिडले अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालय र म्याकलेस्टर कलेजबाट अर्थशास्त्र र भूगोलमा स्नातकोत्तर गरेका छन् । नवनियुक्तनिर्देशक डेभिडले नेपाल, माल्दिभ्स र श्रीलंकामा सञ्चालितकार्यक्रमको संयोजन गर्नेछन् । विश्वबैंकले हाल नेपालमा २० सञ्चालनमा रहेका र तीनपाइपलाइनका गरी २३ परियोजनामालगानी गरेको छ ।
निवर्तमाननिर्देशकफारिस हदादजर्भोसको कार्यकाल सकिएसँगै विश्व बैंकले डेभिडलाई नयाँनिर्देशकका रुपमा नेपाल पठाएको हो । अर्थ मन्त्रालयले एक औपचारिक कार्यक्रम गरी फारिसको बिदाई र डेभिडको स्वागत गरेको छ । अर्थमन्त्रीवर्षमानपुनले  एक कार्यक्रममा एकैसाथउनीहरुको स्वागत र बिदाई गरे । निर्देशकसँगै विश्व बैंकले नेपालकालागि राष्ट्रिय प्रबन्धकपनि परिवर्तन गरेको छ ।
लाडा स्ट्रेलकोवाकार्यकाल सकाएर फर्कन लागेकी छन् भने उनको ठाउँमा प्रिती अरोरा आएकी छन् । बिदाई कार्यक्रममामुख्यसचिव बैकुण्ठ अर्याल, अर्थ मन्त्रालयका सचिवमधुकुमार मरासिनी, अर्थकै वैदेशिक सहायता समन्वयमहाशाखाप्रमुख सहसचिवश्रीकृष्ण नेपाल र विश्व बैंकका दक्षिण एसिया हेर्ने  उपाध्यक्ष मार्टिन मार्टिन रेजर सहभागीथिए ।
 

सोमबार ३ असार २०८१ ०४:३९ PM मा प्रकाशित

प्रतिक्रिया