images

सोनाम गुरुङ६ किलो सुन र ४८ लाख रुपैयाँसहित पक्राउ 

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले ६ किलो सुनसहित एक चिनियाँ मूलका नागरिकलाई पक्राउ गरेको छ । 
पक्राउ पर्नेमा ३७ वर्षीय चिनियाँ मूलका नागरिक शेरब ग्याल्मो भन्ने सोनाम गुरुङ रहेको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीका प्रवक्ता एवं प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए।
गुरुङलाई सिआइबीको टोलीलेकाठमाडौंमहानगरपालिका वडा.नम्बर ६ तिनचुली स्थित डेराबाटै आइतबार पक्राउ गरेको हो ।
सिआइबीले सोनाम गुरुङको डेराबाट एक एक केजीका अवैध ६ थान सुन र नगद ४८ लाख रुपैयाँ समेत बरामद गरेको छ । 
यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक बोगटीले जानकारी दिए।

सोमबार ३ असार २०८१ ०८:४८ PM मा प्रकाशित

प्रतिक्रिया