ओसाका, जापान । नेपाल आदिवासी जनजाति महासंघ, जापान कान्साई समितिको प्रथम अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरेको छ।
नवनिर्वाचित कार्यसमितिको अध्यक्षमा डेनिश पुन निर्वाचित भएका छन्। यस्तै उपाध्यक्षमा राज लामा थिङ, अमृता चौधरी र सुरज मर्हजन रहेका छन्। सचिवमा पृथ्वी श्रीस मगर, सह–सचिवमा सम्झना घिसिङ र युना गुरूङ चयन भएका छन्। कोषाध्यक्षमा संगिना गुरूङ, सह–कोषाध्यक्षमा गिरीराज चौधरी जिम्मेवारी सम्हाल्ने भएका छन्।
त्यस्तै सदस्यमा सुनिता चौधरी, विनिता गुरूङ, राजिव स्याङताङ, डोमा शेर्पा, जगत मोक्तान, सुनिल छन्तायाल, दिनेश चौधरी, प्रकाश थापा मगर, गणेश सिङजाली मगर, जीवन धर्ती मगर, नविन थापा मगर, बिनोद थिङ तामाङ, अपिल तामाङ, अस्मिता तामाङ र सोमलाल स्याङताङ रहेका छन्।
अधिवेशनमा सहभागी एनआरएन कान्साईका संयोजक भीम काउचा अनुप, सहसंयोजक शंकर भुषाल, एनआरएन केन्द्रीय सदस्य कृष्ण भुषाल, गल्कोट समाज कान्साईका अध्यक्ष नरबहादु थापा, कर्णाली समाज जापान, कान्साईका अध्यक्ष झरेन्द्र कुंवर, समाजसेवी नरेन्द्र बस्नेत दिनेश, एनआरएनए कान्साईका पूर्व संयोजक हरि प्रसाद कडेल लगाएतले नवनिर्वाचित नेतृत्वले जापानमा रहेका आदिवासी जनजाति समुदायको एकता, अधिकार र सांस्कृतिक पहिचानको जगेर्नामा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।
प्रतिक्रिया