images

रुकुम पूर्व केन्द्रबिन्दु भएर ४.६ म्याग्नीच्यूडको भूकम्प

 काठमाडौं  । पूर्वी रुकुम र बागलुङ्गको सिमानालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ।राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बुधबार राति ८ बजेर २६ मिनेटमा ४.६ म्याग्नीच्यूडको भूकम्प गएको हो । भूकम्पको धक्का लुम्बिनी, कर्णाली र गण्डकी प्रदेशका विभिन्न जिल्लामा समेत व्यापक रूपमा महसुस गरिएको छ। अहिलेसम्म कुनै पनि मानविय तथा भौतिक क्षति भएको विवरण भने प्राप्त भएको छैन।
 

बिहीबार २ असोज २०८२ ११:०४ AM मा प्रकाशित

प्रतिक्रिया