images

बाजुरामा चरेश सहित एक जना युवक पक्राउ

बाजुरा । बाजुरामा चरेश सहित एक जना युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा बुढीनन्दा नगरपालिका–१० बस्ने २८ वर्षीया वीरेन्द्र थापा रहेको प्रहरी नायब उपरीक्षक इकवाल हवारीले बताए ।उनका अनुसार,युवक झण्डै साढे एक किलो चरेश सहित पक्राउ परेका हुन्। बडीमालिका नगरपालिका बाउली  नजिकै उनलाई बुधबार पक्राउ गरिएको हो । सुराकीका आधारमा प्रहरीको टोलीले थापालाई पक्राउ गरेको हो । उनलाई नियन्त्रणमा लिएर थप आवश्यक अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ । 
 

बिहीबार २ असोज २०८२ ११:१८ AM मा प्रकाशित

प्रतिक्रिया