ओसाका (जापान), — एनआरएनए जापानको १२औं राष्ट्रिय महाधिवेशनअन्तर्गत २०२५–२०२७ कार्यकालका लागि सचिव पदमा विष्णु सापकोटाले आफ्नो उम्मेदवारी आधिकारिक रूपमा दर्ता गर्नुभएको छ। निर्वाचन समिति द्वारा तोकिएको प्रक्रिया पुरा गर्दै सापकोटाले खुला सचिव पदमा उम्मेदवारी घोषणा गर्नुभएको हो। सापकोटाले आफ्नो उम्मेदवारीसँगै विगतमा संस्थाप्रति आफूले पुर्याएको योगदान र भावी कार्ययोजना सार्वजनिक गर्दै जापानवासी सम्पूर्ण नेपाली समुदायबाट न्यायपूर्ण समर्थनको अपेक्षा गर्नुभएको छ।
उहाँले भन्नुभएको छ, "मैले संस्थामा आजसम्म गरेका कामहरूको मूल्याङ्कन गरी तपाईंहरूले आफ्नो अमूल्य मतको माध्यमबाट न्याय गरिदिनुहुनेमा म विश्वस्त छु।"
उहाँले गरेका मुख्य योगदानहरू:
१. कुमामोतो भूकम्प राहतमा सक्रिय सहभागिता – जापानी नागरिकहरूलाई खाना वितरणमार्फत नेपालीहरूको सकारात्मक छवि प्रस्तुत।
२. नेपाल भूकम्प पीडितहरूका लागि आर्थिक संकलन तथा राहत सामग्री आपूर्ति।
३. नागानोमा आएको बाढीमा राहत वितरण – बाढीपीडितहरूलाई राहत सामग्री तथा खाना वितरणको नेतृत्व।
४. सामाजिक उत्तरदायित्वमा निरन्तर सक्रियता – विभिन्न विपद्को बेला अग्रपंक्तिमा रही आर्थिक, नैतिक, तथा भौतिक सहयोग पुर्याउँदै आएको अनुभव।
५. संस्थागत मूल्य र मान्यताको सम्मान – संयोजक पद पाउन सक्ने अवसर हुँदाहुँदै पनि समाजको एकता र समन्वयलाई प्राथमिकता दिँदै संयोजक पद त्याग।
६. ईशिकावा भूकम्पमा राहत संकलन र वितरण – केन्द्रीय समिति सदस्य रहँदा नेतृत्वदायी भूमिका।
७. प्रथम कान्साई नेपाल फेस्टिवलमा जिम्मेवारी – सदस्य सचिव तथा स्टल व्यवस्थापन संयोजकको रूपमा उत्कृष्ट कार्यसम्पादन।
भावी कार्ययोजना:
१. संविधानमार्फत संस्थामा सबैको सहभागिता सुनिश्चित – विधानलाई सबैको साझा दस्तावेज बनाउँदै अनुभव भएका अभियन्ताहरूलाई संस्थागत जिम्मेवारी प्रदान। २. १२ क्षेत्रीय समितिलाई औपचारिक मान्यता दिने पहल।
३. नयाँ आगन्तुक नेपालीहरूका लागि जनचेतनामूलक गोष्ठी र सेमिनारको आयोजना।
४. संस्थाको निर्णय पारदर्शी बनाउने – सामाजिक सञ्जालसँगै आधिकारिक वेबसाइट प्रयोगमा जोड।
५. एकीकृत नेपाली घर (बहुसांस्कृतिक केन्द्र) निर्माणलाई प्राथमिकता – Dream Project लाई अघि बढाउने प्रतिवद्धता।
६. कार्यक्रम व्यवस्थापनमा सुधार – समयमै सुरुवात, समयमै समापन र औपचारिकता सन्तुलन कायम गर्दै परिणाममुखी कार्यक्रमहरू सञ्चालन।
७. एनआरएनएलाई समावेशी बनाउने दृष्टिकोण – फुट होइन, जुटको संस्कृति विकास गर्ने।
८. संस्थालाई शक्तिशाली बनाउने अभियान – “व्यक्ति होइन, संस्था बलियो बनोस्” भन्ने अवधारणामा आधारित अभियान संचालन। अन्त्यमा सापकोटाले भन्नुभएको छ, “मेरा विचार, योजना र कार्य सम्पूर्ण जापानवासी नेपालीहरूमाझ खुला किताबजस्तै छरपस्ट छन्। अब तपाईंहरूकै हातमा छ—मलाई अघि बढाउने कि यहीँ रोकिने भन्ने निर्णय। तपाईँहरूको मतको प्रतीक्षा गर्दै, हार्दिक धन्यवाद।
प्रतिक्रिया