ओसाका, जापान । एकताका लागि संगित भन्ने नाराका साथ चर्चित नेपाली ब्याण्ड नेपथ्यले जापानको ओसाकामा आउँदो नोभेम्बर २४ तारिख (मंसिर ८ गते) सोमबार भव्य कन्सर्ट गर्ने भएको छ ।
नेपाली मौलिक गित संगितलाई लोक पप, लोक रक अनि मैत्री रकमा गायर लोकप्रिय बनेको चर्चीत ब्याण्ड नेपथ्य व्याण्डको जापानको ओसाकामा बृहत लाईभ कन्सर्ट आयोजना हुने लागेको हो । माईला गाईज समुहको आयोजना तथा डिस्कभरी सपोर्टको टाइटल स्पोन्सरमा रहेको उक्त कन्सर्टको मिडिया पार्टनरको रुपमा अर्थ सम्बाद डट कम रहेको र अझै उत्साहजनक रुपमा स्पोन्सरहरु आउनेक्रममा रहेको आयोजक टोलिका कन्सर्ट संयोजक पूर्ण गर्बुजाले बताए ।“प्रचार प्रसारका हिसाबले निकै आक्रमक तरिकाले लागिने छ, यो पटकका नेपथ्यको कन्सर्ट भव्य र ऐतिहासिक हुने माईला गाइजका सदस्य मदन केसीले भने।
ओसाकामा हुन गईरहेको कन्सर्टमा नेपथ्यको भव्य प्रस्तुति रहने बताईएको छ । कन्सर्ट ओसाकास्थित जेप ओासका बेसाईडको हलमा हुने छ । प्रस्तुती दिने उक्त हलमा करिब ३ हजार दर्शक अट्ने सिट क्षमता रहेको छ । कन्सर्टमा दर्शकहरूले अनलाइनबाटै सोझै टिकट काट्न सकिने प्रबन्ध मिलाइएको छ आयोजकले बताएको छ।
सन् १९९१ मा स्थापना भएको नेपथ्यको पहिलो एल्बम नेपथ्य देखि ऐना झ्याल एल्बममा समावेश गितहरु सबै उमेर समुहका नेपालीमाझ लोकप्रिय रहेको छ । पप गितलाई लोक लय र नेपाली मौलिक लोक गितलाई लोक रक लयमा ढालेर नेपाली गित संगितलाई अन्तराष्ट्रियकरण गर्दै आएको नेपथ्य नेपा लयको ब्राण्डमा समेत परिचित छ ।
देशका प्रमुख शहरमा कन्सर्ट आयोजना गरेर मोफसललाई गित संगितको मनोरञ्जनसँगै सामाजिक कार्यमा समेत सहभागी गराउँदै आएको नेपथ्यले प्रवासमा रहेको नेपाली समुदायलाई समेत यसमा सहभागी गराउँदै गित संगित मार्फत सामाजिक कार्यमा योगदान दिंदै आएको छ । नेपाली लोकभाकाका गितलाई मौलिकता नमर्नेगरि नयाँ पुस्ताको रुचि अनुसार ढालेर गाउने कलात्मकताकै कारण नेपथ्य व्याण्डको पहिलो गित छेक्यो छेक्यो देउराली डाँडाँ देखि पछिल्लो गित शिर फुल फुलैमा बनफुल बनैमा नेपाली दर्शक श्रोतामाझ लोकप्रिय र अजर अमर बन्दै गएको छ ।
साउण्ड सिस्टम देखी लाईट, स्टेज र सहभागीता सबै दृष्टिले भव्य रहने आयोजक विकास अधिकारले भने, “व्यवस्थापनको हिसावले कुनैपनि कुराका कमी हुन दिनेछैनौँ। ओसाकामा यस अघि पनि भव्य रुपमा आयोजना भएको कन्सर्ट योपटक पनि आयोजना गरेका छौँ, त्यसैले सबै नेपालीहरुलाई सहभागि हुन अनुरोध गर्दछु।”

प्रतिक्रिया