कोबे, जापान – नेपाली महिलाहरूको महान् पर्व तीज यसपटक कोबेमा भव्य फेस्टिवलका रूपमा मनाइने भएको छ। आगामी अगस्ट २० बुधबारका दिन कोबे मेरिकेन पार्कमा बिहान ११ बजेदेखि बेलुकी ७ बजेसम्म कार्यक्रम निशुल्क रुपमा सञ्चालन हुने चितवन समाज जापानका केन्द्रिय उपाध्यक्ष अनिल पौडेलले जानकारी दिए ।
निशुल्क रुपमा आयोजित यस वर्षको तीज फेस्टिवललाई चितवन समाज कान्साईले ऐतिहासिक जमर्कोका रूपमा आयोजना गर्न लागेको हो भने, कार्यक्रमलाई नेपाली समाज कोबेले सह–आयोजना गर्ने भएको छ। साथै, एनआरएनए कान्साईसहित विभिन्न संघ–संस्था, संघीय इकाइ र व्यवसायिकहरूको सहयोग रहनेछ।
कार्यक्रममा नेपालका चर्चित राष्ट्रिय कलाकार प्रकाश सपुत र प्रीति आले सहितका कलाकारहरूले विशेष प्रस्तुति दिनेछन्। त्यस्तै, स्थानीय प्रतिभाहरूका प्रस्तुति, पञ्चेबाजा, विभिन्न जातजातिका झाँकी तथा सांस्कृतिक नृत्यहरूले पनि माहोललाई अझै आकर्षक बनाउनेछन्। फेस्टिवलमा १० भन्दा बढी नेपाली परिकारका खानाका स्टलहरू, रेमिट्यान्स स्टल तथा विभिन्न व्यवसायिक प्रदर्शनी स्टलहरू रहनेछन्, जसले मेलालाई थप आकर्षण दिने आयोजकले बताएका छन्।
आयोजक समितिले यो तीज फेस्टिवललाई निशुल्क भव्य र सभ्य रूपमा सम्पन्न गर्ने तयारी भइरहेको बताउँदै, जापानभरका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई परिवारसहित उपस्थित भइ रमाइलो गर्न आह्वान गरेको छ।
प्रतिक्रिया