काठमाडौं । राष्ट्रिय सभाका उपाध्यक्षबिमला घिमिरे चीनको औपचारिक भ्रमणका लागिआज(शनिबार) त्यस तर्फ प्रस्थानगरेकी छिन् ।
चीनको युनानप्रान्तको कुन्मिङ सहरमा हुनलागेको ८ औं चीन–दक्षिण एसिया प्रदर्शनीमा सहभागीहुन ६ सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्वगर्दै उनीचीन प्रस्थानगरेकीहुन् ।
उपाध्यक्ष घिमिरे नेतृत्वको प्रतिनिधीमण्डल इष्टर्न चाईना एयरलान्इसको उडानबाट चीन प्रस्थान गरेको छ । प्रतिनिधि मण्डलमा उपाध्यक्ष घिमिरे, राष्ट्रिय सभाका सदस्यहरु मायाप्रसाद शर्मा, तुलसाकुमारी दाहाल र दुर्गाकुमारी गुरुङ, संघीय संसद सचिवालयका उपसचिव विकास बोहरा र उपाध्यक्षका स्वकीय सचिव प्रेमबहादुर सिंह छन् ।
उपाध्यक्ष नेतृत्वको संसदीय प्रतिनिधी मण्डलले जुलाई २३ मा हुने प्रर्दशनीको उद्घाटन समारोहमाभागलिनेछ । प्रर्दशनीको उद्घाटन कार्यक्रममा उपाध्यक्ष घिमिरेले सम्बोधन गर्ने कार्यक्रम छ ।
भ्रमणका क्रममा प्रतिनिधिमण्डलले युनान प्रान्तका उच्चअधिकारीहरुसँग भेट गर्नेछ। प्रतिनिधिमण्डल २५ जुलाई, २०२४ मा नेपाल फर्कने तालिका रहेको छ।
प्रतिक्रिया