images

युक्रेनलाई समर्थन गर्ने रुसी शिक्षकलाई २० वर्ष जेल सजाय

काठमाडौं । रुसको शैन्य अदालतले युक्रेनलाई समर्थन गरेको आरोपमा एक रुसी शिक्षकलाई २० वर्षको जेल सजाय तोकेको छ । रुस र युक्रेनबीच युद्ध चलिरहेकोमा २७ वर्षीय शिक्षक डेनियल क्लियूकाले युक्रेनको पक्ष लिएको र आर्थिक सहयोग समेत पठाएको आरोपमा अदालतले ‘देशद्रोही’ ठहर गर्दै सजाय सुनाएको हो । रुसी अदालतले युक्रेनसँगको युद्धका क्रममा युक्रेनप्रति सहानुभूति देखाउनेहरुलाई समेत जेल सजाय गरेको छ । 
रुसी सञ्चारमाध्यमहरुका अनुसार ती शिक्षकले युक्रेनी कोष ‘कम ब्याक अलाइभ’ मा २० हजारदेखि एक लाख रुबलसम्म पठाएको खुलेको जनाएका छन् । सो कोषले युक्रेनी सेनाका लागि पैसा जम्मा गर्ने गरेको छ । ती शिक्षक सन् २०२३ को फेब्रुअरीमै पक्राउ परेका थिए । 
 

शुक्रबार​ ७ असार २०८१ ०६:१६ PM मा प्रकाशित

प्रतिक्रिया