images

मुलुक चरम निराशामा छः प्रधानमन्त्री

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले सिंगो मुलुक चरम निराशामा पुगेको बताएका छन् । 
प्रतिनिधिसभा बैठकमा विश्वासको मत प्रस्ताव पेश गर्ने क्रममा सम्बोधन गर्दै उनले अहिले मुलुक २०४६ साल यताकै निराशामा पुगेको बताएका हुन् । 
उनले  भने,‘सिंगोदेश चरम निराशामा छ । ऋण लिएर तिर्न नसकेका कारण कालोसूचीमा पुग्ने अवस्था छ । अघिल्लो सरकार स्टन्टबाज भयो । थुन्ने अनि सुन्ने काम भएकाले व्यवसायीहरूले काम गर्ने अवस्था नै भएन । व्यवसायीहरु मरिच झैं चाउरिएका छन्,त्यसैले जनतामा आशा र उत्साह भर्नका लागि तीव्र आर्थिक वृद्धिका लागि लागेको हो ।’
साथै उनले १४ खर्ब राजस्व उत्पादन गर्नुपर्नेमा अहिले २४ प्रतिशत राजस्व कम उत्पादन भएको बताए । 
उनले अहिले बैंकमा पैसा थुप्रिएको तर कुनै पनि व्यवसायी लगानी गर्न तत्पर व्यवसायी नरहेको जिकिर गरे । यस्तै उनले निराशा चिरेर मुलुकलाई आशा र उत्साह भर्न र तीव्र आर्थिक वृद्धिका लागि सरकारले काम गर्ने बताएका छन् ।

आइतबार​ ६ साउन २०८१ ०६:३३ PM मा प्रकाशित

प्रतिक्रिया