images

मन्त्री मोक्तानले गरिन् आफ्नो कार्यकालमा प्रमुख उपलब्धिहरु सार्वजनिक

मकवानपुर । बागमती प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्तानले आफ्नो कार्यकालमा मन्त्रालयमार्फत गरेका प्रमुख कार्य उपलब्धिहरु सार्वजनिक गरेकी छन् । 
उनले मन्त्रालयको दोस्रोपटक नेतृत्व गर्दाको अवधि ९२०७९÷१०÷११० देखि ९२०८१÷०४÷०६० गतेसम्म भएका उपलब्धिहरु सार्वजनिक गरेही हुन् ।
मन्त्री मोक्तानले सार्वजनिक गरेको प्रमुख उपलब्धिहरुको पुस्तिकामा बालबालिका, ज्येष्ठ नागरिक, महिला, शिक्षा लगाएतका क्षेत्रमा भएका उपब्धिहरु समेटिएको छ ।
जसमा ५० वटा सामुदायिक माध्यमिक विद्यालयमा विद्यालय बस खरिदको व्यवस्था गरी शिक्षामा पहुँच र गुणस्तर सुधारमा सहयोग प्रदान गरिएको बताईएको छ ।
त्यस्तै ३६ वटा सामूदायिक माध्यमिक विद्यालयहरुमा ‘कमाउँदै सिक्दै’ कार्यक्रम कार्यान्वयन, प्रदेश भित्रका २९ वटा स्थानीय तहहरुमा अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धि कार्यक्रमको घोषणा, ७६ वटा विद्यालयहरुको भौतिक पूर्वाधार विकास कार्यक्रम सम्पन्न भएको मोक्तानले बताइन् ।
त्यस्तै, कक्षा ९ देखि कक्षा १२ सम्मका विद्यार्थीहरुका लागि वृत्ति परामर्श सेवा सञ्चालनको सुरुवात, सिटिइभिटि बागमती प्रदेश र व्यवसायिक तथा सीप विकास तालिम केन्द्र मार्फत २ हजार ८ सय ८५ जनालाई विभिन्न तहको सीपमूलक तालिम प्रदान, ५२ जना महिला उद्यमीहरुलाई प्रोत्साहन र २ वटा समूहको लागि टेवा पुँजी प्रविधि हस्तान्तरण गरिएको, ३५ वटा स्थानीय तहसँग साझेदारीमा गृहिणी महिला सशक्तिकरण कार्यक्रम सञ्चालन गरिएको छ ।
उपलब्धि पुस्तिकामा अपाङ्गता भएका व्यक्तिहरुबाट सञ्चालित ४० वटा संस्थाबाट ९ सय ३५ जना अपाङ्गता भएका व्यक्तिहरुलाई विभिन्न तालिमहरु प्रदान गरिएको, ज्येष्ठ नागरिक आश्रमहरुमा नर्सिङसेवा सञ्चालनका लागि स्वयमसेवकको व्यवस्था गरिएको, ३ सय ६० जनाको लागि ३९० घण्टे पूर्ण रोजगार सीपमुलक तालिम सञ्चालन गरिएको जनाईएको छ ।
त्यस्तै, खेलकुद तर्फ मकवानपुरको गौरीटारमा फुटबल रङ्गशाला निर्माण कार्य सम्पन्न भएको, २ सय ७१ वटा खेलमैदान निर्माण गरिएको, यू–१९ राष्ट्रिय महिला तथा पुरुष बास्केटबल प्रतियोगिता सञ्चालन गरिएको, १८ औं इण्डो नेपाल कराते प्रतियोगिता सम्पन्न भएको बताईएको छ ।
 

सोमबार ७ साउन २०८१ ०७:०५ PM मा प्रकाशित

प्रतिक्रिया