images

अर्घाखाँचीको निर्वाचन क्षेत्र नम्बर १ ९१० बाट निर्वाचित आचार्य एमालेका केन्द्रीय सदस्य छन् ।

काठमाडौं । नेकपा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य लुम्बिनी प्रदेशको मुख्यमन्त्री बन्ने भएका छन् । 
यसअघि संसदीय दलका नेता लिला गिरीलाई मुख्यमन्त्री बनाउने तय भएपनि अचानक पार्टी केन्द्रको निर्देशन भन्दै आचार्यलाई मुख्यमन्त्री बनाउने तयारी गरिएको हो ।
एमाले लुम्बिनी प्रदेशका मुख्य सचेतक तुलसी चौधरीले चेतनारायण आचार्यलाई मुख्यमन्त्रीमा दाबी पेश गर्न लागिएको बताए । ‘अहिले हामीले मुख्यमन्त्रीमा चेतनारायण आचार्यको नेतृत्वमा सरकार बनाउने गरी दाबी पेश गर्दैछौं,’उनले भनेअर्घाखाँचीको निर्वाचन क्षेत्र नम्बर १ ९१० बाट निर्वाचित आचार्य एमालेका केन्द्रीय सदस्य छन् ।
 

सोमबार ७ साउन २०८१ ०६:५१ PM मा प्रकाशित

प्रतिक्रिया