images

जो बाइडेनले लिए राष्ट्रपतीय निर्वाचनबाट आफ्नो नाम फिर्ता

काठमाडौं । जो बाइडेनले सन् २०२४ को अमेरिकी राष्ट्रपतीय निर्वाचनबाट आफ्नो नाम फिर्ता लिएका छन् ।
जुन २८ मा ट्रम्पसँगको बहसमा परेपछि बाइडेनको स्वास्थ्यलाई लिएर चौतर्फी उम्मेदवारी फिर्ता लिन दबाब परेको थियो । 
पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामा र हाउस अफ रिप्रिजेन्टेटिभकी सभामुख न्यान्सी पेलोसीले पनि बाइडेनविरुद्ध आफ्नो धारणा राखेका थिए । यसले बाइडेनलाई उम्मेदवारी फिर्ता लिन नैतिक दबाब बढाएको हो ।
पार्टीबाट अत्याधिक दबाब र स्वास्थ्यको कारण देखाउँदै ८१ बर्षिय बाइडेनले नोभेम्बरमा हुने चुनावमा उम्मेदवार नबन्ने बताउँदै वर्तमान उपराष्ट्रपति कमला ह्यारिसलाई समर्थन गर्ने घोषणा गरेका छन् ।बाइडेनले चुनावी मैदान छाडेपछि अमेरिकी राष्ट्रपतिको चुनाव अब रोचक बनेको छ ।  
 

सोमबार ७ साउन २०८१ ०९:०४ AM मा प्रकाशित

प्रतिक्रिया