images

सुरक्षा अवस्था बुझ्न एआईजी र डिआईजी सर्लाहीमा

सर्लाही । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन र होली पर्वलाई लक्षित गर्दै सुरक्षा अवस्था बुझ्न नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक ९एआईजी० उमा प्रसाद चतुर्वेदी र नायव महानिरीक्षक ९डिआईजी० गोविन्द थपलिया जिल्ला प्रहरी कार्यालय मलङ्वामा अनुगमन तथा निरीक्षणका लागि पुगेका छन् ।आइतबार नेपाल प्रहरी प्रधान कार्यालय, कार्य विभाग, नक्साल काठमाडौंका विभागीय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक उमा प्रसाद चतुर्वेदी र मधेस प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक गोविन्द थपलियाले सम्बन्धित कार्यालयको निरीक्षण गरेका हुन् ।निरीक्षणपछि आयोजित निर्देशन कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक चतुर्वेदीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन र होली पर्वको अवसरमा सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै कानुनले दिएको अधिकार प्रयोग गरी भरपर्दो, निष्पक्ष र विवादरहित वातावरण सुनिश्चित गर्न निर्देशन दिएका छन् ।उनले मातहत कार्यालयमा कार्यरत प्रहरी कर्मचारी तथा निर्वाचन सुरक्षाका लागि थप खटिएका जनशक्तिलाई उच्च सतर्कता अपनाउन, अनुशासनभित्र रही जिम्मेवारी निर्वाह गर्न र नागरिकमैत्री व्यवहारमार्फत विश्वसनीय सुरक्षा वातावरण कायम गर्न आग्रह गरे ।कार्यक्रममा सङ्गठनभित्र समन्वय, व्यावसायिकता र उत्तरदायित्वलाई अझ सुदृढ बनाउने विषयमा समेत नीति निर्देशन दिइएको जनाइएको छ ।

सोमबार ११ फागुन २०८२ ११:२३ AM मा प्रकाशित

प्रतिक्रिया