images

नेपाल र हङकङबीचको मैत्रीपूर्ण फुटबलको लागि कुनै स्वीकृति पत्र नआएको एन्फाकोे दाबी

काठमाडौं । अखिल नेपाल फुटबल संघ ९एन्फा० ले आगामी चैत १२ गतेका लागि तय भएको नेपाल र हङकङबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलको लागि कुनै स्वीकृति पत्र नआएको। दाबी गरेको छ ।सोमबार विज्ञप्ति जारी गर्दैएन्फाले नेपाल र हङकङबीचको खेल सञ्चालनका लागि दशरथ रंगशालाको मर्मत सम्भारदेखि आवश्यक स्वीकृति पत्र प्राप्त नभएको दाबी गरेको हो ।एन्फाका जिम्मेवार पदाधिकारी तथा कर्मचारीहरूले स्वीकृति प्राप्तिका लागि राखेपका सम्बन्धित अधिकारीहरूसँग ताकेता गर्दा पनि कुनै लिखित जवाफ नआएको स्पष्ट पारेको छ ।एन्फाले आइतबर कर्मचारी राखेप कार्यालयमा उपस्थित रहँदा समेत कुनै लिखित स्वीकृति पत्र प्रदान नगरिदिएको जनाएको छ ।एन्फाले खेल स्थगनको सूचना जारी गरिसकेपछि राखेपले स्वीकृति प्रदान गरिसकेको भन्दै सार्वजनिक गरेको प्रेस विज्ञप्तिप्रति आश्चर्य व्यक्त गरेको छ । चैत ५ गते जारी गरिएको पत्र चैत ८ गते मात्र सार्वजनिक गरिएको भन्दै राखेपकोनियतमाथि प्रश्न उठाएको छ ।राखेपजस्तो निकायले एन्फामाथि दोषारोपण गर्नुको सट्टा आफ्नो प्रशासन चुस्त(दुरुस्त राखी, यस्तो गलत नियत राख्ने कर्मचारीमाथि आवश्यक कारबाही गर्न एन्फाले आग्रह समेत गरेको छ ।

 

सोमबार ९ चैत २०८२ ११:४१ AM मा प्रकाशित

प्रतिक्रिया