images

चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ

चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउःबच द्दघ, द्दण्द्दट · ज्ञज्ञस्द्दद्दचोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउकाठमाडौं । महानगरपालिका(५ कालोपुल डेरा गरी बस्ने एक जना व्यक्तिको कोठाबाट विभिन्न धनमाल चोरी भएको घटनामा संलग्न रहेको २ जनालाइ प्रहरीले पक्राउ गरेको छ ।प्रहरीले शनिबार राति बुढानीलकण्ठ नगरपालिका(२ घर भएका २३ वर्षीय उपेन्द्र खत्री र कैलाली गौरीगङ्गा नगरपालिका(२ घर भएका २६ वर्षीय नीरज सापकोटालाई् पक्राउ गरेको हो ।गत चैत ६ गते पीडितको कोठाबाट अन्दाजी २६ तोला ८ आना बराबरको सुनका गरगहना, ३३ हजार मूल्य बराबरको चाँदीका गरगहना लगायतका सामान चोरी भएको घटनाको अनुसन्धानको क्रममा खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई चोरीका विभिन्न सामानहरू सहित पक्राउ गरेको हो ।प्रहरीले उनीहरूको साथबाट सुनको जस्तो देखिने विभिन्न गरगहनाहरू, चाँदीको जस्तो देखिने विभिन्न गरगहनाहरू, खुकुरी १ थान, फलामको रड २ थान, तरबार १ थान, नगद २ लाख ४९ हजार रुपैयाँ र चोरी गर्दा प्रयोग गरिएको स्कुटर १ थान समेत बरामद गरेको छ ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सोमबार ९ चैत २०८२ १२:२९ PM मा प्रकाशित

प्रतिक्रिया