images

संसद सचिवालयकाकर्मचारीहरुको आन्दोलनबारे बालुवाटारमा छलफल जारी 

काठमाडौं । संघीय संसद सचिवालयकाकर्मचारीको आन्दोलनकाविषयमाप्रधानमन्त्रीपुष्पकमलदाहाल ‘प्रचण्ड’ले सभामुखसहितशीर्ष नेताहरुसँग छलफल थालेका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाकाअध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्रीएवं नेकपाएमालेका अध्यक्ष केपीशर्मा ओली, अर्थमन्त्रीवर्षमा पुन र कानून, न्यायतथा संसदीयमामिलामन्त्रीपदमगिरी सहभागी छन् ।
बैठकमा मुख्य सचिव डा. बैकुण्ठ अर्याल र संघीय संसदकामहासचिवपद्मप्रसाद पाण्डेय पनिउपस्थित छन् ।
सभामुखले संसद सचिवालयकाकर्मचारीको मागबारे सम्बद्ध पक्षहरूसँग केहीदिनदेखि औपचारिक तथाअनौपचारिक रुपमा छलफल गर्दै आएका छन् ।
यसअघि यहीअसार ३ गते सभामुख घिमिरे, राष्ट्रिय सभाअध्यक्षदाहालले दलकाप्रमुख सचेतकहरूसँग गरेको छलफलमा कर्मचारीहरुले राखेको माग सम्बोधन गर्न पहल गर्ने सहमतिभएको थियो।
 

आइतबार​ ९ असार २०८१ ०७:१४ PM मा प्रकाशित

प्रतिक्रिया