images

नेपाल आइडल सिजन–५को विजेता बने बर्दियाका करण परियार

काठमाडौं । करण परियारलेअन्तर्राष्ट्रिय फ्रेन्चाइज गायन रियालिटी सो नेपाल आइडल सिजन–५ को उपाधि जितेका छन्। 
शनिबार सम्पन्न भएको फाइनलमा प्रतिस्पर्धीसलोमी गुरूङ, सचिन विश्वकर्मार मोहित भुजेललाई पछि पार्दै परियार यो सिजनको विजेता घोषित भए । 
उपाधि विजेता परियारले २५ लाख र ट्रफी उचाले । 
यस्तै,सिजनको फस्ट रनरअपमा सलोनी गुरुङ रसेकेन्ड रनरअप सचिन विश्वकर्मा बने । गुरुङले १० लाख नगद पाउँदा विश्वकर्माले ५ लाख हात पारे ।
नेपाल आइडलको पाँचौं संस्करणका लागि देशभरिबाट १ सय ५२ जना छानिएर प्रतिस्पर्धा गरेका थिए।दर्शकको भोटको आधारमा विजेता चुनिएका हुन् । 
चार महिनादेखि जारी नेपाल आइडलका निर्णायकहरु न्ह्यू बज्राचार्य, इन्दिरा जोशी र कालीप्रसाद बाँस्कोटा हुन् । 
 

आइतबार​ ९ असार २०८१ ०७:०३ PM मा प्रकाशित

प्रतिक्रिया