images

सुनको मूल्यमा एकैदिन २७ सयको गिरावट 

काठमाडौं । साताको पहिलो कारोबार दिननेपाली बजारमा सुनको मूल्य घटेको । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २७सय रुपैयाँले घटेकोहो । 
आज नेपाली बजारमा छापावाल सुन प्रतितोला एक लाख ४२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । 
यस्तै, तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
आज चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँले घटेर एक हजार८१५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी गत शुक्रबार (कारोबारको अन्तिम दिन)चाँदी तोलामा १ हजार ८६५ रुपैयाँमा कारोबार भएको थियो ।

आइतबार​ १० असार २०८१ ०७:१९ PM मा प्रकाशित

प्रतिक्रिया