images

अवैध लागूऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ

दाङ । घोराही उपमहानगरपालिका–१३ डुमरगाउँस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय २० मिलिग्राम सहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । 
पक्राउ पर्नेहरूमा रोल्पा, रोल्पा नगरपालिका–५ जेदवाङ बस्ने २६ वर्षीय शिवशेष महरा र बाँके कोहलपुर नगरपालिका–४ विद्यानगर घर भएका २९ वर्षीय त्रिलोक केसी रहेका छन् । 
अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले बा।प्र।०२–०३६ प २७१४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

बुधबार ७ कात्तिक २०८१ ०७:५९ PM मा प्रकाशित

प्रतिक्रिया