मतदाताको उजुरीमाथि छानबिन गरी आज अन्तिम नामावली प्रकाशन हुँदै

काठमाडौँ - राष्ट्रपति निर्वाचन कार्यक्रमअन्तर्गत आज मतदाता नामावलीमा समावेश नाममा दाबी विरोध र उजुरीमाथि छानबिन गरेर अन्तिम नामावली प्रकाशन गरिँदै छ । 

२५ फागुनमा हुने राष्ट्रपति र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका प्रकाशित मतदाता नामावलीमाथि परेका दावी विरोध र उजुरीमाथि छानबिन गरेर अन्तिम नामावली प्रकाशित गर्ने निर्वाचन आयोगले जनाएको छ ।  शुक्रबार मध्यान्हसम्म दाबी विरोध र उजुरीमाथि छानबिन गर्ने र दिउँसो ३ देखि ४ बजेभित्र अन्तिम मतदाता नामावली प्रकाशन गर्ने कार्यक्रम छ ।