सर्वोच्चले सन्दीपलाई विदेश जाने अनुमति दिएन

काठमाडौँ - सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई विदेश भ्रमणमा जाने अनुमति दिएन । न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले उनलाई विदेश जाने आने अनुमति नदिएको हो । आफूलाई देश बाहिर जान रोक लगाउन उच्च अदालत पाटनको आदेशविरुद्ध सर्वोच्च अदालतमा सन्दीप लामिछानेले निवेदन दिएका थिए । साथै अदालतले महान्यायाधिवक्ता कार्यालय र सन्दीपको निवेदनलाई साथमा राखेर १४ गते  पेश गर्न आदेश दिएको छ ।

नाबालिग बलात्कार आरोपमा पुर्पक्षका लागि जेल चलान गर्ने काठमाडौं जिल्ला अदालतको आदेश बदर गर्दै उच्च अदालत पाटनले २० लाख धरौटीमा छाड्ने दिएको आदेशसँग देश बाहिर जान नपाउने सर्त राखेको थियो ।

उक्त सर्त खारेज गर्नुपर्ने जिकीरसहित आईसीसी क्रिकेट विश्वकप लिग–२ खेल्न दुबई जान पाउनुपर्ने माग गर्दै सन्दीपको तर्फबाट बिहीबार सर्वोच्चमा निवेदन दायर गरिएको थियो ।

आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत युएई र पिएनजीविरूद्धको एकदिवसीय सिरिजका नेपाली टिम भोलि  युएई जाँदैछ।