नागरिकता विधेयक थाँती रहेकोमा एनआरएनको चिन्ता, विधेयक चाँडो अघि बढाउन माग

लण्डन - गैर आवासीय नेपाली सङ्घले नागरिकता सम्बन्धी विधेयक संसद्मा लामो समयदेखि थाँती रहेको प्रति चिन्ता व्यक्त गरेको छ । गैर आवासीय नेपाली सङ्घले  नेपाल स्वतन्त्र पार्टीका प्रमुख सचेतकसहित दलका नेताहरूसँगको एक अन्तरक्रिया कार्यक्रममा सहभागीले यस्तो चिन्ता व्यक्त गरेका हुन् । सङ्घका अनुसार नागरिकता सम्बन्धी कानुन नबनेका कारण धेरै गैर आवासीय नेपालीहरू अप्ठ्यारोमा परेका छन् ।