images

शिशु चोर्ने महिलालाई उच्च रक्तश्राव

काठमाडौं । काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालबाट २६ दिने शिशु चोरेको आरोपमा पक्राउ परेकी  दैलेखकी मनकुमारी सिंह अस्पताल भर्ना भएकी छिन् । उच्च रक्तश्राब भएपछि सिंहलाई सिनामंगलस्थित केएमसी अस्पताल भर्ना गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी भुपेन्द्र खत्रीले बताए । शुक्रबार दिउँसो २६ दिनको शिशु हराएको थियो । लगत्तै जिल्ला प्रहरी परिसर, काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयले क्लोज सर्किट (सीसी) क्यामरा फुटेज संकलन गरेर अनुसन्धान गरेपछि शुक्रबार राति १२ बजे प्रहरीले सिंहलाई काँडाघारीबाट पक्राउ गरि शिशुको उद्धार गरेको थियो । प्रहरीले सिंह, उनका पति र दिदीलाई नियन्त्रणमा लिएको छ ।  तर, प्रहरी नियन्त्रणमा रहेकै बेला उच्च रक्तश्राब भएपछि सिंहलाई अस्पताल भर्ना गरिएको हो । प्रहरीले राति नै सम्बन्धित परिवारलाई बच्चा जिम्मा लगाइसकेको छ ।
 

शनिबार १२ फागुन २०८० ०६:२४ PM मा प्रकाशित

प्रतिक्रिया