images

जर्मनी र स्वीट्जरल्याण्ड युरोको प्रि क्वाटरफाइनलमा

 काठमाडौं । जर्मनी र स्वीट्जरल्याण्डले युरो २०२४ को प्रि क्वाटरफाइलन (राउन्ड अफ सिक्सटीन)मा स्थान पक्का गरेका छन् । सोमबार बिहान सकिएको खेलमा दुवै टिमले एक –एक गोलको बराबरी खेल्दै एक– एक अंक लिएपछि अन्तिम १६ मा पुग्न सफल भएका हुन् ।
जर्मनीमा जारी प्रतियोगिता अन्तर्गत घरेलु टोली २८ औं मिनेटमा पछि परेको थियो । निर्धारित ९० मिनेटपछिको अतिरिक्त समयको दोस्रो मिनेटमा जर्मनीले गोल गर्दै खेल बराबरी गरेको थियो ।
२८ औं मिनेटमा स्वीट्जरल्याण्डका डान नोडेले रेमो फ्युलरको पासमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।
सोही अग्रता अन्तिमसम्म कायम राख्ने लक्ष्यमा रहेको स्वीट्जरल्याण्डले अन्तिम समयमा धैयर्ता गुमाउन पुग्यो । जसको फाइदा घरेलु टोली जर्मनलीले लिँदै खेल बराबरी गरेको हो ।
जर्मनीका निकोलस फुलक्रुगले डेभिड राउमको पासमा गोल गर्दै खेल एक एकको बराबरीमा टुंग्याए । समूह एमा जर्मनी ३ खेलबाट ७ अंकसहित शीर्ष स्थानमा रहेर अन्तिम १६ मा पुग्दा स्वीट्जरल्याण्ड ५ अंकका साथ दोस्रो स्थानमा रहेर अघिल्लो चरणको यात्रा तय गर्न सफल भयो ।
यही समूहमा रहेको अर्को खेलमा हंगेरीले स्कटल्याण्डमाथि १–० को जित निकालेको छ । अतिरिक्त समयको दशौं मिनेटमा हंगेरीका लागि केभिन सोबोथले गोलगर्दै जित दिलाएका थिए ।
बैकल्पिक खेलाडी केभिन सोबोथले आफ्नो पहिलो अन्तर्राष्ट्रिय गोल गरेपछि हंगेरीले आशा जिवितै राखेको छ ।
दोस्रो हाफको मध्यमा बर्नाबास भार्गाको गम्भीर चोटले खेललाई ओझेलमा पारेको थियो । हंगेरीका फरवार्डलाई अस्पताल लगिएको थियो र उनको अनुहारका धेरै चोट लागेको छ । युरो २०२४ मा चार उत्कृष्ट तेस्रो स्थानका टोलीहरूमध्ये एकको रूपमा १६ को राउन्डमा पुग्न हंगेरीको तीन अंक पर्याप्त भएमा भार्गाले प्रतियोगिताको बाँकी खेल गुमाउन सक्छन् ।  
 

सोमबार ११ असार २०८१ १०:१४ AM मा प्रकाशित

प्रतिक्रिया