सेनाको भूमिका, कर्तव्य तथा जिम्मेवारी संविधानबाटै निर्देशित छ : प्रधानसेनापति

काठमाडौं - प्रधानसेनापति प्रभुराम शर्माले मुलुकको सिमानाभित्र नेपाली सेनाले गर्दै आइरहेको भूमिका सामान्यतः अपरिवर्तनीय रहने बताएका छन् ।

सैनिक कमान्ड तथा स्टाफ कलेजमा २९आँै समूहको कमान्ड तथा स्टाफ तालिम दीक्षान्त समारोहमा उनले अन्तर्राष्ट्रिय तथा क्षेत्रीय घटनाक्रमले मुलुकको परिस्थितिलाई समेत प्रभावित पार्ने भए पनि सेनाको भूमिका, कर्तव्य तथा जिम्मेवारी संविधानबाटै निर्देशित हुने धारणा व्यक्त गरे ।

सेनाका तीन महिलासहित ८० अधिकृत, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागका एक/एकजना सहभागी रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । उक्त समूहमा श्रीलङ्का, केन्या, नाइजेरिया, पाकिस्तान, बङ्गलादेश, बेलायत, भारत, माल्दिभ्स र संयुक्त राज्य अमेरिकाका एक÷एकजना सैनिक अधिकृत सहभागिता थियो ।