images

विदेशमाअलपत्र नेपालीहरूको उद्धार सरकारकोउच्चप्राथमिकतामा ः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्रीपुष्पकमलदाहालले विदेशमा अप्ठेरोमा परेकाविदेशमा रहेका नेपालीनागरिकको उद्धार एवं आवश्यकतानुसार नेपाल फर्कन सहजीकरण गर्ने कार्यलाई नियोगहरूले उच्चप्राथमिकतामा राखेको बताएका छन् ।
मंगलबारप्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयकअन्तर्गत परराष्ट्र मन्त्रालयएवं मातहतकानिकायहरूको लागिविनियोजित बजेट तथाकार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नहरूको जवाफदिँदै प्रधानमन्त्रीदाहालले वैदेशिक रोजगारीलाई मर्यादित, सुरक्षित र व्यवस्थित गर्न नेपाली राजदुततथानियोग प्रमुखहरूलाई अभिमुखीकरण गरिएको बताए । 
नेपालीनियोगले शव पठाउने तथाक्षतिपूर्तिको रकमदिलाउनकतिपयअवस्थामा केही समय लाग्ने भएपनिनियोगहरूबाट यस प्रकारका सेवा २४ सै घण्टा प्राप्तहुन सक्नेगरी व्यवस्थामिलाइएको जानकारी बताए । 
उनले नियोगहरूले प्रत्यक्षतथाअनलाइन माध्यमबाट नेपालीकामदार लक्षितमनोपरामर्श सम्बन्धीकार्यक्रम समेत सञ्चालनगर्दै आएकापनिबताए । 
उनले भने, ‘केहीनियोगहरूमा टेलिफोन सेवाकाअतिरिक्त हट लाइन सेवाका साथै वेभसाइट र सामाजिक सञ्जाललगायतका माध्यमबाट सहज सम्पर्कको व्यवस्थामिलाइएको छ ।साउदी अरबलगायतका केहीनियोगमा सेल्टर होमको व्यवस्था गरिएको छ । नियोगहरूले प्रत्यक्षतथाअनलाइन माध्यमबाट नेपालीकामदार लक्षितमनोपरामर्श सम्बन्धीकार्यक्रम समेत सञ्चालनगर्दै आएका छन् ।’
राहदानीविभागले राहदानी सेवालाई थप छिटोछरितो र सेवाग्राहीमैत्रीतुल्याईरहेको भन्दै राहदानीवितरण अझ सहज, सरल र व्यवस्थितबनाउनप्रयत्न जारी रहने पनिउनको भनाइ छ । 
उनले विदेशमा रहेका नेपालीको हकहितलाई ध्यानदिँदै राहदानीतथाकन्सुलर सेवालाई प्रविधिमाआधारित बनाइएको जानकारी दिए।
उनले भने, ‘राजदूतावास नभएकामुलुकहरूमाविद्युतीय राहदानीआवेदन संकलन र वितरणका लागि घुम्ती सेवा सञ्चालन गर्ने व्यवस्थामिलाइएको छ ।’

विदेशमा अलपत्र नेपालीहरूको उद्धार सरकारको उच्च प्राथमिकतामा  ः प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले विदेशमा अप्ठेरोमा परेका विदेशमा रहेका नेपाली नागरिकको उद्धार एवं आवश्यकतानुसार नेपाल फर्कन सहजीकरण गर्ने कार्यलाई नियोगहरूले उच्च प्राथमिकतामा राखेको बताएका छन् ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयकअन्तर्गत परराष्ट्र मन्त्रालय एवं मातहतका निकायहरूको लागि विनियोजित बजेट तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री दाहालले वैदेशिक रोजगारीलाई मर्यादित, सुरक्षित र व्यवस्थित गर्न नेपाली राजदुत तथा नियोग प्रमुखहरूलाई अभिमुखीकरण गरिएको बताए । 
नेपाली नियोगले शव पठाउने तथा क्षतिपूर्तिको रकम दिलाउन कतिपय अवस्थामा केही समय लाग्ने भएपनि नियोगहरूबाट यस प्रकारका सेवा २४ सै घण्टा प्राप्त हुन सक्नेगरी व्यवस्था मिलाइएको जानकारी बताए । 
उनले नियोगहरूले प्रत्यक्ष तथा अनलाइन माध्यमबाट नेपाली कामदार लक्षित मनोपरामर्श सम्बन्धी कार्यक्रम समेत सञ्चालन गर्दै आएका पनि बताए । 
उनले भने, ‘केही नियोगहरूमा टेलिफोन सेवाका अतिरिक्त हट लाइन सेवाका साथै वेभसाइट र सामाजिक सञ्जाललगायतका माध्यमबाट सहज सम्पर्कको व्यवस्था मिलाइएको छ । साउदी अरबलगायतका केही नियोगमा सेल्टर होमको व्यवस्था गरिएको छ । नियोगहरूले प्रत्यक्ष तथा अनलाइन माध्यमबाट नेपाली कामदार लक्षित मनोपरामर्श सम्बन्धी कार्यक्रम समेत सञ्चालन गर्दै आएका छन् ।’
राहदानी विभागले राहदानी सेवालाई थप छिटोछरितो र सेवाग्राहीमैत्री तुल्याईरहेको भन्दै राहदानी वितरण अझ सहज, सरल र व्यवस्थित बनाउन प्रयत्न जारी रहने पनि उनको भनाइ छ । 
उनले विदेशमा रहेका नेपालीको हक हितलाई ध्यान दिँदै राहदानी तथा कन्सुलर सेवालाई प्रविधिमा आधारित बनाइएको जानकारी दिए ।
उनले भने, ‘राजदूतावास नभएका मुलुकहरूमा विद्युतीय राहदानी आवेदन संकलन र वितरणका लागि घुम्ती सेवा सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ ।’
 

मङ्गलबार १२ असार २०८१ ०५:३७ PM मा प्रकाशित

प्रतिक्रिया