images

दोलखाको जिरी नगरपालिकाको बजेट ५५ करोड 

रामेछाप । दोलखाको जिरी नगरपालिकाले आगामीआर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ । 
नगरपालिकाले ५५ करोड ९ लाखको बजेट सार्वजनिक गरेको  छ । 
नगपालिकाले सोमबार आर्थिक वर्ष २०८१÷०८२ को बजेट, नीति तथा कार्यक्रमसार्वजनिक गरेको हो। नगर सभामा नगरप्रमुख मित्रबहादुर जिरेलले नीति तथा कार्यक्रम र उपप्रमुख कृष्णमाया बुढाथोकी खड्काले बजेट सार्वजनिक गरे ।
आगमी आर्थिक वर्षको लागि प्रस्तुत् गरिएको बजेट चालु आर्थिक वर्षको बजेटको तुलनामा २ करोड ६६ लाख ५ हजार रुपैयाँले बढी हो । नगरपालिकाले पूँजीगततर्फ १८ करोड ३५ लाख अर्थात् ३३ दशमलव ३० प्रतिशत र चालुतर्फ ३६ करोड ७४ लाख ८८ हजार अर्थात् ६६ दशमलव ७० प्रतिशत बजेट विनियोजन गरेको छ ।  
 

मङ्गलबार ११ असार २०८१ ०५:२५ PM मा प्रकाशित

प्रतिक्रिया