images

भुजुङ हाईड्रोपावरको आईपीओ

काठमाडौं । भुजुङ हाईड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर ९आईपीओ० निष्कासन तथा बिक्री आवेदन खुला गरेको छ । कम्पनीले यस चरणमा कुल ८ लाख ३० हजार कित्ता साधारण शेयर सर्वसाधारणका लागि जारी गरेको हो ।जसमध्ये ५० हजार कित्ता सामूहिक लगानी कोषका लागि र २० हजार कित्ता कम्पनीका कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी कित्तामा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्ता सम्मका लागि आवेदन दिन पाउनेछन् । आवेदन नेपाल धितोपत्र बोर्ड ९सेबोन० बाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट दिन सकिनेछ । साथै, ‘मेरो शेयर’ प्रणालीमार्फत अनलाइन आवेदन दिने सुविधा पनि उपलब्ध छ ।यो आईपीओ निष्कासन छिटोमा माघ १५ गते र ढिलोमा माघ २६ गते बन्द हुने कम्पनीले जनाएको छ । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी कुमारी क्यापिटल लिमिटेड ले सम्हालेको छ ।कम्पनीले यसअघि मंसिर ११ गते नेपाल धितोपत्र बोर्डबाट २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता साधारण शेयर निष्कासन गर्न अनुमति पाएको थियो । सोही अनुमतिअन्तर्गत पहिलो चरणमा कम्पनीले पुस ३ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि आईपीओ जारी गरेको थियो ।पहिलो चरणको आईपीओ बाँडफाँडपछि कम्पनीले दोस्रो चरणअन्तर्गत आम सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको हो ।

सोमबार १२ माघ २०८२ १०:४५ AM मा प्रकाशित

प्रतिक्रिया