images

बालकुमारी घटनासम्बन्धी प्रतिवेदनको अध्ययन कानुनमन्त्री गुरुङ र ऊर्जामन्त्री बस्नेतले गर्ने

काठमाडौं । सरकारले बालकुमारी घटनामा दुई युवाको ज्यान जानेगरि भएको घटनाको प्रतिवेदनको अध्ययन गर्ने जिम्मा दुई मन्त्रीलाई दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कानुनमन्त्री धनराज गुरुङ र ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतलाई फागुन २० गतेभित्र प्रतिवेदनको अध्ययन गरि सरकारलाई सिफारिस गर्ने जिम्मेवारी दिएको सरकारकी प्रवक्ता एवं सूचना तथा संचार प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् । पूर्वन्यायाधीश शेखरप्रसाद पौडेल अध्यक्ष तथा पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक अरुणकुमार बिसी र गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराई सदस्य रहेको जाँझबुझ आयोगले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाका कारण घटना घटेको उल्लेख छ । कोरियन भाषा परीक्षा (ईपिएस) फारम भर्ने विषयमा प्रदर्शनमा हुँदा बालकुमारी दुई जना युवकको मृत्यु भएको थियो । 
 

सोमबार १३ फागुन २०८० ०८:१९ PM मा प्रकाशित

प्रतिक्रिया