काठमाडौँ - साताको अन्तिम दिन आज शुक्रबार पनि सुनको मूल्य घटेको छ ।
बिहीबार प्रतितोला एक हजार रुपैयाँले घटेको छापावाल सुन आज पाँच सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज छापावाल सुन पाँच सय रुपैयाँले घटेर प्रतितोला १ लाख ८ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि बिहीबार छापावाल सुन प्रतितोला १ लाख ८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । आज तेजावी सुन प्रतितोला १ लाख ७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।