images

खाँडादेवीकाकिसानलाई मिनी टिलर र डिक्स मिल

रामेछाप । खाँडादेवीगाउँपालिकाको वडा नं ४ र ५ का किसानलाई अनुदानमामिनी टिलर, डिक्स मिलतथाग्रास कटर प्रदान गरिएको छ । 
हेफर प्रोजेक्ट नेपालको आर्थिक तथाप्राविधिक सहयोगमा र गाउँविकास केन्द्रको सहजीकरणमा सञ्चालित कृषितथापशुपालनउद्यमशीलताविकास कार्यक्रम परियोजनाकाले ५० प्रतिशतअनुदानमाती सामाग्रीवितरण गरेको हो । गाउँपालिकामाआयोजितकार्यक्रममागाउँपालिकाअध्यक्ष ज्ञानकुमार श्रेष्ठले किसानलाई सामाग्री हस्तान्तरण गरे । 
ती वडाका ४७जनाकिसानले ४७ वटा खेत बारी जोत्ने मिनी टिलर पाएका छन् भने ५१ जनाले पिसानी डिक्स मिललिएका छन् । त्यस्तै तीनजनाले ग्रास कटर लिएका छन् ।किसानको मागकाआधारमा ती सामाग्रीउपलब्ध गराइएको परियोजनाप्रमुखमाधव ढकालले जानकारी दिए । 
लम्पी स्किन रोगका कारण गोरु मरेर खेतीलगाउन समस्याभएकाकिसानलाई सहयोग पुगोस् भनेर मिनी टिलर वितरण गरिएको खाँडादेवीगाउँपालिका–५ पकरबासका वडाध्यक्ष मनोज पौडेलले जानकारी दिए । त्यस्तै किसानलाई पशु दानातथाअन्नपिस्न सहजताको लागिमिलवितरण गरिएको उनले बताए । 
कृषियन्त्रवितरणले ती वडामा कृषिउत्पादनमा वृद्धि हुने अपेक्षा गरिएको छ ।
 

बुधबार १३ असार २०८१ ०६:४२ PM मा प्रकाशित

प्रतिक्रिया