काठमाडौं । हाउस अफ फेसन नेपालको बहुप्रतिक्षित प्रतियोगिता ‘सगून ज्वेलर्स प्रेजेन्ट्स मिसेस भोग नेपाल–२०२५’को भोलि पुस १२ गते शनिवार काठमाडौंमा अडिसन कार्यक्रम आयोजना गरिँदैछ ।आयोजक संस्था हाउस अफ फेसन नेपालले भोलि ९शनिवार० बिहान ९ बजेदेखि लैनचौरको होटल मल्लमा आयोजना हुने अडिसन कार्यक्रममा सहभागिता जनाउन इच्छुक प्रतिस्पर्धिहरुलाई हार्दिक अनुरोध गरेको छ ।हाउस अफ फेसन नेपालकी अध्यक्ष ओशिमा बानुले कलाकर्मीलाई दिएको जानकारी अनुसार ‘क्राउन योर कन्फिडेन्स’ भन्ने थीममा आधारित मिसेज भोग नेपालको तेस्रो सीजनका लागि डिसेम्बर २७ का दिन आयोजना हुने अडिसनका लागि निर्णायकहरुको नामावली पनि सार्वजनिक गरिएको छ ।अडिसनमा अभिनेत्री, समाजसेवी तथा नेत्री एलिजा गौतम, पर्यटनविद गीता गुरुङ, मिस नेपाल २००० उषा खड्गी, उद्यमी श्रीजा श्रेष्ठ, ‘मिसेस भोग नेपाल–२०२४ का विजेता डा।सुमी मल्ल तथा सगुन ज्वेलर्सका सिईओ पियुष सराओगी निर्णायकको रुपमा रहेका छन् ।प्रतियोगिताको ग्राण्ड फिनालेमा कन्टेन्ट क्रिएटर एलिजे जमालीले शोस्टपरको रुपमा सहभागिता जनाउने खबरले पनि यो प्रतियोगिता अहिले चर्चामा रहेको छ ।प्रतियोतिगामा सहभागिता जनाउनका लागि प्रतिस्पर्धिहरुका लागि शिक्षा, उचाइ तथा तौलमा कुनै पनि मापदण्ड तोकिएको छैन । प्रतिस्पर्धिको उमेर १८ वर्षभन्दा माथिको हुनु पर्नेछ । विवाहित, सम्बन्धि विच्छेद गरिएका तथा एकल महिलाले समेत यो प्रतियोगितामा भाग लिन सक्ने छन् ।भोली बिहान ९ बजेदेखि प्रारम्भ हुने अडिसनमा सहभागिता जनाउनका लागि ड्रेसकोड निर्धारण गरिएको छ । अडिसनमा सहभागिता जनाउने प्रतिस्पर्धिहरुले ब्ल्याक अर्थात कालो रंगको पहिरन लगाउनु पर्नेछ भने प्रतिस्पर्धिहरु कम मेकअपमा प्रस्तुत हुनु पर्नेछ ।प्रतियोगिताका विजेताले नगद पाँच लाख रुपैयाँ बराबरको पुरस्कार प्राप्त गर्नेछन् भने नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा सोझै प्रवेश पाउने छन् ।मिसेस भोग नेपाल–२०२५ को अडिसनबाट प्रतियोगिताका लागि छनोट हुन सफल प्रतिस्पर्धिहरुलाई विभिन्न विधामा प्रशिक्षण दिइने छ ।त्यस क्रममा उनीहरुलाई इन्टरनेशनल मोडलिङ वर्कसप तथा प्रशिक्षण, पर्सनालिटी डेभ्लपमेन्ट तथा कन्फिडेन्स बिल्डिङ, पब्लिक स्पिकिङ तथा कम्युनिकेशन कक्षाहरु, र्याम्प वाक तथा प्रोफेशनल ग्रुमीङ, सेल्फ मेकअप एण्ड पर्सनल मेकओभर, मोटिभेशनल एण्ड इम्पावरमेन्ट सेसन, फिटनेस तथा जुम्बा प्रशिक्षण, सोसल मिडिया प्रजेन्टेशन एण्ड हेण्डलिङ, सेलिब्रेटी इन्टर्याक्सन एण्ड मेन्टरशीप, एक्टिङ एण्ड एक्सप्रेसन क्लास, स्टाइलिङ एण्ड फेसन अवेरनेस, प्रोफेसनल पोर्टफोलियो फोटोसूट, हस्पिटालिटी एण्ड टेबल म्यानर ट्रेनिङ आदि विषयमा प्रशिक्षण प्रदान गरिने आयोजक संस्थाले जनाएको छ ।कलाकर्मी मिसेस भोग नेपाल सीजन ३ को अफिसियल अनलाइन मिडिया पार्टनरको रुपमा रहेको छ ।
प्रतिक्रिया