images

नेपाल मगर संघ जापान क्षेत्रीय समिति कान्साई द्वारा सम्मान तथा अभिनन्दन कार्यक्रम आयोजना

ओसाका, जापान। ४४ औँ राष्ट्रिय मगर एकता दिवसको अवसर पारेर नेपाल मगर संघ जापान क्षेत्रीय समिति कान्साईले विशेष सम्मान तथा अभिनन्दन कार्यक्रम आयोजना गर्ने भएको छ।

संघले जनाएको अनुसार, गएको माघेसंक्रान्ति विशेष सांस्कृतिक कार्यक्रम–२०२६ लाई सफल बनाउन सहयोग गर्ने सहयोगीदाता, आजीवन सदस्य तथा कलाकारहरूलाई कदरस्वरूप सम्मान गरिनेछ। कार्यक्रम आगामी  मार्च १ तारिख, आइतबार  साँझ ५ बजेदेखि राति १० बजेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।

उक्त कार्यक्रम ओसाकास्थित  जिग्री दोहोरी साँझमा आयोजना गरिने बताइएको छ। साथै उक्त अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम पनि सञ्चालन गरिने संघका अध्यक्ष पूर्ण गर्बुजाले जानकारी दिनु भयो 
कार्यक्रममा सहयोगीदाता, समाजसेवी, बुद्धिजीवी, अतिथि, कलाकार, पत्रकार तथा कान्साई क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण नेपाली बुवाआमा, दाजुभाइ तथा दिदीबहिनीहरूलाई गरिमामय उपस्थितिका लागि आयोजकले  निमन्त्रणा गरेको छ। 
आयोजकले ओसाका तथा आसपास क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई समयमै उपस्थित भई कार्यक्रम सफल बनाउन हार्दिक अनुरोध गरेको छ।

शुक्रबार​ १५ फागुन २०८२ ०६:२९ PM मा प्रकाशित

प्रतिक्रिया