images

जनकपुरबाट एक वर्षीय बालक अपहरण गर्ने महिला पक्राउ

जनकपुर । जनकपुरधामबाट बालक अपहरण गर्ने एक जना महिलालाई पक्राउ गरिएको छ भने बालकको सकुशल उद्धार गरिएको छ । गत फागुन १२ गते जनपुरधाम उपमहानगरपालिका २३ स्थित डेरा गरी बस्ने रुपेश कुमार झाको छोरा १ वर्षीय रुद्धाआंश झाको प्रहरीले सकुशल उद्धार गरेको छ । घरको पैसेजमै खेलिरहेको बेला बालकलाई अपहरण गरेर लगेको धनुषा प्रहरीले जनाएको छ ।  बालकलाई महोत्तरीको लोहारपट्टी नगरपालिका ३ स्थित बिभा देवी मण्डलको साथबाट उद्धार गरेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले बताए । बालक अपहरण गर्ने बिभा देवी मण्डलविरुद्ध अपहरण तथा शरीर बन्धक मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अघि बढाइएको धनुषा प्रहरीले जनाएको छ ।
 

मङ्गलबार १५ फागुन २०८० ०६:५१ PM मा प्रकाशित

प्रतिक्रिया