images

गल्कोट समाज जापान कान्साईले  शुभकामना आदान-प्रदान तथा बार्बिक्यू कार्यक्रम आयोजना गर्दै 

ओसाका, जापान । बडा दशैं २०८१ को अवसर पारेर  गल्कोट समाज जापानको कान्साई समितिले शुभकामना आदानप्रदान तथा बार्बिक्यू कार्यक्रमको आयोजना गरेको छ । अक्टोबरको ७ तारिकमा ओसाकाको योदोगावामा आयोजना हुने उक्त कार्यक्रममा जापानमा रहेका गल्कोटबासी तथा अन्य नेपालीहरुको सहभागितामा भव्य रुपमा आयोजान हुन लागेको समाजका अध्यक्ष नरबहादुर थापाले जानकारी दिनु भयो । 

कार्यक्रममा कान्साईमा क्रियाशिल विभिन्न संघसंस्था, बुद्धिजिवी, समाजसेवी, महिला, बिधार्थी, पत्रकार लगाएत समस्त नेपालीहरुमा भाइचारा, आत्मियता,सामाजिक सद्भाव तथा एकता कायम गर्ने उदेश्यका साथ पारीवारीक वाताबरणमा खुल्ला बार्बिक्यूको साथमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरिएको उपस्थितीको लागि अध्यक्ष थापाले अनुरोध समेत गरिएको बताउनु भयो ।

शुक्रबार​ ११ असोज २०८१ ०५:४४ PM मा प्रकाशित

प्रतिक्रिया