जापानको ओसाका कर्णाली सांस्कृतिक साँझ हुदैं

ओसाका, जापान ।  कर्णाली प्रदेश समाज जापानले यही मे २ तारिक ओसाकामा  ‘कर्णाली साँगीतिक साँझ’ गर्ने भएको छ ।  कर्णाली सुदुरपश्चिको पहिचान सांस्कृती लाई जोगाउदै देश तथा विदेशमा आफ्नो कला सांस्कृतीलाई  सबै सामु पुऱ्याउने उद्देश्यले उक्त साँगीतिक कार्यक्रम गर्न लागिएको कार्यक्रम संयोजक झरेन्द्र कुमार कुवर (अन्जन)ले बताउनुभयो। 


लोकदोहोरी गायक तथा मोडल चक्र बम, पछिल्लो समयमा अत्यधिक रुचाएकी ख्याति प्राप्त लोकदोहोरी गायिका इब्शल सञ्ज्याल र लोकदोहोरी गायक उत्तम शर्मा लगायतका कलाकारहरु तथा जापानमै रहेका स्थानीय कलाकारहरुले साथ दिने भएका छन् । ओसाकामा लोक दोहोरी गायक कुलविर थापा, गायक दुर्गेश कार्कि, गायक केशब शर्मा र गायिका काजल गुरुङ लगायतका स्थानिय कलाकारको प्रस्तुति रहने छ। 

जापानको रंगमञ्चमा पहिलोचोटी हुन लागेको नितान्त नौलो, कर्णाली तथा सुदूरपश्चिम क्षेत्रका रैथाने लोकसँस्कृति र जनजीवनको चित्रण गर्ने साँगीतिक कार्यक्रममा उपस्थित भई शोभा बढाईदिन र पिछडिएको कर्णालीका विपन्न तथा लोपोन्मुख समुदायका बालबालिकाहरुको शिक्षा र स्वास्थ्यमा सहयोग जुटाउने अभियानमा साथ दिन कर्णाली प्रदेश समाज जापानले जापानबासी नेपालीहरुमा अपिल गरेको छ ।

ओसाकाको पुरानो जिग्री दोहोरी सांझमा कार्यक्रम हुने भएको छ । उक्त कार्यक्रममा ओसाकामा रहेका बुद्धि जिबी समाज सेवी आम ओसाका बासि नेपाली एवम ओसाकामा क्रियाशिल विभिन्न संघ संस्थाहरु सबै लाई आधिकारीक पत्राचार गरी निमन्त्रणा गरिएको छ। उक्त कार्यक्रममा विभिन्न संचारका माध्यम द्धारा प्रचार प्रसार गरी सबै सबैमा निमन्त्रणा गरिएको संयोजक अन्जनले बताउनु भयो ।