काठमाडौं । बुधबारको बजारमा बढेर २८ सय बिन्दुमाथि पुगेको नेप्से परिसुचक एकदिन पनि टिक्न नसक्दा साताको अन्तिम कारोबार दिन ३८.१० अंकले घटेर २७८१ बिन्दुमा बन्द भएको छ ।यसअघि बुधबार नेप्से परिसुचक ५३.०१ अंकले बढेर २८१९.१० बिन्दुमा पुगेर कारोबार बन्द भएको थियो । बुधबार कुल ७ अर्ब ६८ करोड ३३ लाख ८६ हजार ४४१ रुपैयाँ बराबरको १ करोड ४९ लाख ८६ हजार १४२ कित्ता शेयर कारोबार भएकोमा बिहिवार कुल ३२२ स्टकको ८ अर्ब ९ करोड ५६ लाख १० हजार ४४५ रुपैयाँ बराबरको १ करोड ७८ लाख ९१ हजार ९१७ कित्ता शेयर कारोबार भएको छ ।आज सेन्सेन्टीभ इन्डेक्स ५.७४ अंकले घटेको छ । फ्लोट इन्डेक्स २.५५ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स २.०२ अंकले घटेको छ ।आज विकास हाइड्रोपावर कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस कमपनीको शेयर मूल्य प्रतिकित्ता ५१.७० रुपैयाँले बढेर ५६८.९० रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
मैलुङखोला जलविद्युत कम्पनीको शेयर मूल्य प्रतिकित्ता २०.५६ रुपैयाँले बढेर ५८९.२१ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।थ्रि स्टार हाइड्रोपावरको शेयर मूल्य प्रतिकित्ता २८.१२ रुपैयाँले बढेर ८५३.२० रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यसैगरी, एनएलजी इन्स्योरेन्स कम्पनीको शयेर मूल्य २६.०९ रुपैयाँले बढेर ८४४.२६ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।यसदिन ओरियन्टल होटेल्स लिमिटेडको शेयर मूल्य ४.७१ प्रतिशतले घटेर ८५९.७४ रुपैयाँमा अन्तिम कारोबार भएको छ । लुम्बिनी विकास बैंकको शेयर मूल्य ४.१८ प्रतिशतले घटेर प्रतिकित्ता ५५२.९९ रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यसैगरी, सांग्रिला विकास बैंकको शेयर मूल्य ३.८७ प्रतिशतले घटेर ४३१.३९ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।आज नेपाल रिइन्स्योरेन्स कम्पनी, हिमालयन रिइन्स्योरेन्स कम्पनी, हिमालयन डिस्टिलरी, शिवम् सिमेन्ट र युनाइटेड मोदी हाइड्रोपावरको शेयर सबैभन्दा धेरै कारोबार भएको छ ।
प्रतिक्रिया