images

 साउथ अस्ट्रेलियासँग नेपाल तीन विकेटले पराजित

काठमाडौं । नेपाली टोली आफ्नो तेस्रो अभ्यास खेलमा साउथ अस्ट्रेलियासँग तीन विकेटले पराजित भएको छ।टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४६ रन बनाएको थियो। 
नेपालले दिएको १४७ रनको लक्ष्य साउथ अस्ट्रेलियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै भेट्टाएको थियो । जितका लागि १ बलमा ४ रन चाहिएको अवस्थामा अन्तिम बलमा र अस्ट्रेलियाका ब्राउनले चौका प्रहार गर्दै  जित दिलाए । साउथ अस्ट्रेलियाको लागि विन्टरले ३६ रन  र हार्बीले २७ रन बनाए। नेपालका लागि सोम्पाल कामीले ३ विकेट र नन्दन यादवले २ र रोहित पौडेलले १ विकेट लिए।नेपालले शनिबार साउथ अस्ट्रेलियासँगै एकदिवसीय अभ्यास खेल खेल्नेछ।
 

बिहीबार १२ भदौ २०८२ ०४:४६ PM मा प्रकाशित

प्रतिक्रिया