images

‘सत्या’कामनोज भन्छन् ः सुटिङ रोकियो, निर्माताभागे

मुम्बई। बलिउडका दिग्गजअभिनेतामनोज बाजपेयीको नामलिँदा जोकोहीले उनको फिल्म ‘सत्या’ सम्झन्छन् । सन् १९९८ मा रिलिज यो फिल्मले मनोजलाई बलिउडमा अलगपहिचानदिएको थियो । हालै उनले एक अन्तरवार्तामा सन् १९९७ मा संगीतकार, भजनगायक र व्यापारी गुलशनकुमारको हत्या पछि ‘सत्या’को सुटिङमा लागेको रोक र निर्माताभागेको प्रसंगलाई खुलाएका छन् ।
मनोजकाअनुसार गुलशनको हत्या पछि फिल्मकावास्तविकनिर्मातानिकै डराएकाथिए । ‘यस्तो अवस्थामाउनले लगानीबाट हातझिके । यो प्रोजेक्ट बीचमै अड्कियो । तर निर्देशक रामगोपालबर्मा हार मान्नतयाथिएनन् । यस्तो अवस्थमाउनले एक हप्तामाअर्को निर्माताखोजे’, मनोजले भनेका छन् ।
मनोजले मुम्बई सिफ्ट भएपछि आफूले कसरी मुस्किलको सामना गर्नुपर्यो भन्ने कुराको पनिखुलासा गरेका छन् । ‘फिल्म सत्याबाट मैले डेढ लाख रुपैंयाँपाएकाथियो । यो मेरो लागि राम्रो रकमथियो ।किनकी ठूलो अवसर पनिथियो । तर जब भाग्यले बाटो लिँदै थियो, त्यही बेलागुलशनकुमारको गोलीहानीहत्याभयो । यसको पछाडि अन्डरवल्र्डको हात रहेको चर्चा थियो’, उनले भने ।
उनले आफूले ‘सत्या’माअवसर पाउँदात्यो कुरा कसैलाई नभनेको बताएका छन् । ‘जब मैले ‘सत्या’पाएँ, तब मैले कसैलाई बताइन् । मैले कोठामा सँगै बस्ने साथीलाई पनिभनिनँ । गुलशनको हत्याहामीले सुटिङ सुरु गरेको ६ दिन पछि भएको थियो । त्यसपछि फिल्मको सुटिङ रोकियो, किनकीनिर्मातानिकै डराएकाथिए । गुलशनको हत्याफिल्मउद्योगकालागि ठूलो घटना थियो । हामीपनिमुम्बईको माफियामाआधारित रहेर फिल्मबनाइरहेकाथियौं । यहीकारण निर्माता डराएकाथिए र उनले फिल्मबन्द गरिदिए । हाम्रो करियर सुरु हुनलाग्दाअचानक रोकिएको थियो’, मनोजले सम्झिएका छन् ।
मनोजकाअनुसार एक साता पछि निर्देशक रामगोपालबर्माले भरत शाहलाई भेटेका थिए । जसको लगानीमा ‘सत्या’को काम अगाडि बढ्यो । ‘मैले रामगोपालबर्माले फिल्मको काम रोक्ने निर्णय नलिउञ्जेल काम नछोड्ने निर्णय लिएँ । रामले कहिल्यै हार मानेनन् । आठ दिन पछि फिल्मको कामपुनः सुरु भयो’, उनले भनेका छन् ।

शुक्रबार​ १७ जेठ २०८१ ०४:४० PM मा प्रकाशित

प्रतिक्रिया