images

सहकारीको वचतअपचलन गर्ने जोकोहीलाई कारवाही हुनुपर्छ ः डा. संग्रौला

नेपालगन्ज । नेपालीकांग्रेसकी केन्द्रीय सदस्य डा.डिला संग्रौलाले उपप्रधानएव गृहमन्त्री रवि लामिछाने जोडिएका सहकारी संस्थाहरुको स्पष्ट छानविन हुनुपर्ने जोड दिएकी छिन् ।
कांग्रेसले सदन र सडकमार्फत दबाबसिर्जना गराएर छानविन समितिबनाएको उल्लेख गर्दै सर्वसाधाराणक बचतकर्ताको रकमअपचलन गर्ने गृहमन्त्रीलगायत जोकोही कारवाहीकाभागीदार बन्नुपर्ने बताइन ।
शुक्रबार बाँकेको नेपालगन्जमाआयोजितअगुवाकार्यकर्ता भेलाएवमअन्तरक्रियाकार्यक्रममाउनले सहकारीको पैसा अपचलन गर्ने जोकोही कारवाहीको दायरामाआउनुपर्ने बताइन ।
‘गृहमन्त्रीले गोर्खा मिडिया नेटवर्कमा गितेन्द्रबाबु (जीबी)राईको कम्पनीबाट ऋण लगानीआएको दाबी गर्नुभएको छ तर, सर्वसाधारण बचतकर्ताको उजुरीपछि प्रहरी, सीआईबी, सहकारी कार्यालय र स्थानीयतहले गरेको छानबिन प्रतिवेदनबाट संकलिततथ्यअनुसार चार सहकारीबाट मात्रगोर्खा मिडिया नेटवर्कमा सिधै कम्तीमा ९५ करोड ८१ लाख रुपैयाँ सारिएको पुष्टि भएको छ । सहकारीको ८० करोड ३१ लाख रुपैयाँ सार्दा रवि लामिछाने गोर्खा मिडिया नेटवर्कप्रालिका सेयरधनी सञ्चालक र प्रबन्धनिर्देशक रहेको स्पष्ट छ । त्यसको छानविन हुनुपर्छ,’ उनले भनिन् ।
त्यस्तै पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीबाट कम्तीमा १० करोड रुपैयाँ र साहारा चितवन सहकारीबाट कम्तीमा ११ करोड ७१ लाख रुपैयाँगोर्खा मिडिया नेटवर्कको खातामा सारिएको विवरण सप्रमाण प्रकाशितभइसकेकाले यसको स्पष्ट छानविन हुनुपर्नेमा उनको जोड थियो ।
त्यस्तै डा. संग्रौंलाले सरकारले भर्खरै ल्याएको ठूलो आकारको बजेटले आर्थिक बृद्धिदर ६ प्रतिशतले बढ्ने घोषणा गरेपनिलगानीआउने र उत्पादन बढ्नेमा आशावादीहुननसकिने बताइनबजेट कर्मकाण्डी मात्र देखिन्छ । बजेटरी सुधार केही छैन । बजेट कनिका छर्नेप्रबृत्तिको छ । आफ्नाकार्यकर्ता र समर्थकबाटआएका योजनाप्राथमिकतामा छन भने ठूला आयोजना सम्पन्न गर्नेगरी बजेट विनियोजन गरिएको छैन । यसबाट उत्साहितहुने अवस्था छैन, ‘ उनले भनिन ।
उनले कांग्रेस अब जनताको घरदैलोमा पुगेर वास्तविक समस्याबुझ्ने र आवाजउठाउने अभियानमा जुटेको बताइन ।
समृद्ध एवम समुन्नत नेपाल र सम्मानित नेपाली पार्टीको ध्येय भएको उल्लेख गर्दै डा.संग्रौलाले प्रतिपक्षमा बसेर जनताकाभावना र चाहनाबोलिरहने प्रतिबद्धता जनाइन । जनता र जनजीविकाका सवालमाकांग्रेसले काम गर्नुपर्ने उनको भनाइ छ ।
सत्ता गठबन्धन विधि, कानुन र प्रक्रियामिचेर निरंकुशतातर्फ उन्मुख रहेको उल्लेख गर्दै सर्वसत्तावाद स्वीकार्य नहुने चेतावनीदिइन । उनले कांग्रेसले अब जनतालाई विकाससँग जोडेर र जनताका हरेक समस्याहरुको समाधान गरेर अघि बढ्नुपर्ने धारणा राखिन ।
नेपालगन्ज सुर्खेत हुँदै कर्णालीकाजिल्ला भ्रमणमा रहेकी डा.संग्रौलासँगै पूर्वमन्त्रीएनपी साउद, केन्द्रीय सदस्यअब्दुल सतार, केन्द्रीय सदस्यगोविन्दबहादुर शाह छन् ।

शुक्रबार​ १७ जेठ २०८१ ०४:३१ PM मा प्रकाशित

प्रतिक्रिया