काठमाडौं । १६ जेठको बुधबार साँझकाठमाडौंको बुढानिलकण्ठ केन्द्रविन्दु भएर उठेको राजनीतिकभूकम्पले सत्तागठबन्धनलाई बेस्सरी नै हल्लाएको छ । त्यसको परकम्पले सत्ताकाअन्तरकुन्तरमा कपालजत्रा रेशा कोरिएका छन् भने अनगिन्ती परकम्पआउनेक्रम रोकिएको छैन ।
प्रमुखप्रतिपक्षीदलका नेतानेपालीकांग्रेस सभापति शेरबहादुर देउवाले बुढानिलकण्ठमा अवस्थितनिजीनिवासमा अरु प्रतिपक्षीदलका नेताहरुलाई परामर्शमा निमन्त्रण गरेका थिए । साथै निमन्त्रणा पाएकाथिए सत्ता गठबन्धनका नेतापूर्व प्रधानमन्त्रीमाधवकुमार नेपालले पनि । जनतासमाजवादीपार्टी नेपालकाअध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिकसमाजवादीपार्टीकाअध्यक्षमहन्थ ठाकुर पनित्यहाँ सहभागीथिए । मधेशमा सरकार निर्माणबारे छलफल गर्ने उदेश्य थियो र एकिकृत समाजवादीकाअध्यक्ष नेपालको उपस्थितिनिकै महत्वपूर्ण थियो ।
जसै नेतानेपाल बुढानिलकण्ठ बैठक कक्षमा आसनग्रहण गरेको खबर महाराजगंजचक्रपथहुँदै बालुवाटार पस्यो अनिहल्लियो गठबन्धनको जग र तिलमिलाएप्रधानमन्त्रीपुष्पकमलदाहाल ।
भर्खरै चौथोपटक विश्वासको मत लिएकादाहाललाई तुरुन्तै पाँचौपटक विश्वासको मत लिनुपर्ने आपत्आईपर्ला भन्ने भयले छोप्नुछोप्यो भने त्यो अन्यथापनिहोइन ।गृहमन्त्री रवि लामिछाने र गुप्तकार्यमा सक्रिय राज्यकातमाम सन्यन्त्र परिचालितभए, नेता नेपाल बुढानिलकण्ठबाट निस्किएर कोटेश्वर निवास प्रवेश नगरुन्जेल गृहप्रशासनले ढुक्कले श्वास पनिलिएन । अनिप्रधानमन्त्रीदाहालले फोनवार्ता गरेर नेता नेपालको हालखबर सोधेपछि मात्र राजनीतिककम्पन केहीमत्थर भयो । तर यत्तिले मनको बाघको शिकार हुनसकेन, प्रधानमन्त्रीले समाजवादीकै नेतातथापूर्व प्रधानमन्त्रीझलनाथखनालको सहारा लिनुपर्यो । खनालले आफ्नो पार्टीका अध्यक्ष नेपालवर्तमान गठबन्धनको विकल्प सोच्ने अवस्थामानपुगेको भनेर स्पष्टीकरण दिएपछि र आफैं भेटेर ग्रीन टि पिएपछि मात्रप्रधानमन्त्रीदाहालको निधारको पसिनाओभाएको थियो ।
सत्ता गठबन्धनको पिँडुलामा कतिपानी छ भन्ने कुरा बुढानिलकण्ठ बैठकको आयोजनले जनजनले थाहापायो । प्रधानमन्त्रीले स्पष्टीकरण नै दिँदै हिँड्नुपर्यो । राजनीतिमा उठेको यो तरंग चियाको कपमा उठेको जस्तो गफको बिषयमात्रथिएन । यसले भूकम्पले पृथ्वी हल्लाएपछि सतहमुुनि बस्ने प्राणीहरु सतहमानिस्किएर आत्तिँदै दौडधुप गरेझैं गठबन्धनका नेतागणहरुलाई दौडायो ।
यतिसम्मक कि विराटनगरपुगेका प्रधानमन्त्रीदाहाललेविमानस्थलमासदाझैं उपस्थित सम्वाददाताहरुसँग स्पष्टीकरण नै दिनुपर्यो । उनले नेत नेपालले आफूलाई वर्तमान सत्ता समीकरणभन्दा बाहिर नजाने स्पष्ट गरेको भनेर प्रष्ट्याएकाथिए ।
प्रधानमन्त्रीले भनेकाथिए, ‘माधवजीको व्यवहार केहीपहिलादेखि प्रतिपक्षसँगपनि र सत्तापक्षसँगपनि जोडिने जस्तो देखिएको थियो,आजबिहान (बिहीबार)मसँग कुरा हुँदामाधवजीवर्तमान समीकरणभन्दा बाहिर नभएको र नहुने पनि कुरा क्लियर गर्नु भएको छ ।’
अझै स्पष्टीकरण
प्रधानमन्त्रीदाहालले आजपनि बुढानिलकण्ठ बैठककै बारेमा पार्टी नेता र कार्यकर्ताहरुलाई आश्वस्तपार्नुपरेको छ । उनले वर्तमान सत्ता समीकरणमा कुनै फेरबदलनहुने बताउँदै सिंहदरबारमा आज बसेकोमाओवादी केन्द्रको संसदीयदलको बैठकमा दाहालले समीकरणमा आबद्ध दलका नेताको राजनीतिक भेटघाटलाई लिएर आशङ्का, उपशङ्कानगर्न निर्देशन नै दिए ।
वर्तमान सत्ता समीकरणमा रहेकोएकीकृत समाजवादीकाअध्यक्षनेपालप्रमुखप्रतिपक्षी नेपालीकांग्रेससहितप्रतिपक्षीदलहरुको बैठकमा सहभागीभएका सम्बन्धमा सांसदले प्रधानमन्त्रीसँग जिज्ञासा राखेका थिए ।जवाफमाप्रधानमन्त्रीको भनाई थियो, ‘सरकार केहीहुँदैन, वर्तमान समीकरण र सरकार निरन्तर अगाडि जान्छ।’
आफूले पनिकेहीदिन अघि प्रमुखप्रतिपक्षीदलका नेताएवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेको सन्दर्भ सुनाउँदै प्रधानमन्त्रीदाहालले दलका नेताहरुबीच भेटघाट हुँदैमा राजनीतिमाकुनै फरक नपर्ने भनेर आश्वस्त रहन सुझाएकाथिए ।
प्रतिक्रिया