images

‘पुजार सार्की’ हेर्न राष्ट्रिय दलितआयोगको आव्हान

काठमाडौं । राष्ट्रिय दलितआयोगले गतहप्तादेखि प्रदर्शनरत नेपालीफिल्म ‘पुजार सार्की’ हेर्न सबैलाई आव्हान गरेका छन् । आयोगले निर्माता सुवास भुसाललाई एक सन्देश पत्र लेख्दै यो फिल्म हेर्न सबैलाई आह्वान गर्ने बताएको छ । आयोगकाअध्यक्ष देवराजविश्वकर्माद्वारा हस्ताक्षरित पत्रमाफिल्म सबै नेपालीभाषी र संसारभरका मानवता–प्रेमीहरुले हेरेर शिक्षालिन सकिने खालको रहेको जनाएको छ ।
विज्ञप्तिमा फिल्मले समाज परिवर्तनको सन्देश प्रवाह गरेकोले फिल्म हेर्न, यसको मर्म र भाव ग्रहण गर्न तथाप्रदर्शनलाई सार्थक बनाउन सबैमा अनुरोध गरिएको छ । ‘अन्तर्राष्ट्रिय मानवअधिकारको विश्वव्यापी घोषणापत्र, नेपालको संविधान र अन्यकानुनद्वारा समेत वर्जित मानिएको जातीय छुवाछुत, भेदभावतथाबहिष्करणबाट सिर्जित परिस्थितिको अन्त्य गर्नु सबै सभ्यमानिसहरूको कर्तव्य हो । मानवमानवका बिच अन्तर घुलनका लागि स्वैच्छिक जोडीहरूको विवाहलाई प्रोत्साहन र संरक्षण गर्न जरुरी छ’, पत्रमाभनिएको छ ।
पत्रमा अगाडि भनिएको छ, ‘चलचित्र ‘पुजार सार्की’मा देखाइए जस्तै आजपनि नेपाली समाजमा स्वैच्छिक विवाहलाई वर्जित गर्ने कुसंस्कार विद्यमान छ । शिक्षितर सभ्यमानिसहरूलाई यो गम्भीर प्रश्नपनिहो । सभ्यमानिसले सत्य कुरालाई स्वीकार नगर्नु असभ्यताहो । चलचित्र ‘पुजार सार्की’ले यस्तो अवस्थालाई उजागर पार्न खोजेको छ । नेपालकाजातीय रूपमाअपमानितहरूले वरण गरिरहेका शब्दहरू आफै अङ्गीकार गर्ने सन्देश चलचित्रले बोकेको छ । यो चलचित्र सबै नेपालीभाषी र संसारभरका मानवता–प्रेमीहरुले हेरेर शिक्षालिन सकिने खालको छ । यो चलचित्रले समाज परिवर्तनको सन्देश प्रवाह गरेकोले चलचित्र हेर्न, यसको मर्म र भाव ग्रहण गर्न तथाप्रदर्शनलाई सार्थक बनाउन राष्ट्रिय दलितआयोगको तर्फबाट सबैमा अनुरोध गर्ने सन्देश यहाँ समक्ष पठाइएको ब्यहोरा अनुरोध छ ।’
फिल्मका लेखक बिकास सुवेदीले राज्यको कुनै निकायले नेपालीफिल्मलाई यसरी सम्बोधन गरेको पहिलो पटक भएको बताए । फिल्मकानिर्देशकदिनेश राउतले यो फिल्मबनाउँदा केवलव्यावसायिक उद्देश्य मात्रै नराखीदलितमुक्तिको आन्दोलनको पुनर्जागरणको लागिनिर्माण भएको बताए । ‘यो फिल्मदलितमुक्तिको आन्दोलनको एक हिस्सा हो । यसलाई हामीले नेपालका हरेक बस्तीमा पु¥याउने छौँ। संसारभरका नेपालीमाझपनि पु¥याइरहेका छौँ’, उनले भने ।
फिल्मले गतबुधवार राजधानीमाविशेषशोको आयोजना गरेको थियो । फिल्म हेर्न प्रतिनिधि सभा सदस्यएवं राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार, प्रतिनिधि सभा सदस्यहरू ठाकुर गैरे, निशा डाँगी, शान्ति परियार, हर्कमाया बिक, प्रतिनिधि सभा सदस्यतथा नेपालीकाँग्रेसका सह–महामन्त्रीजीवन परियार, राष्ट्रिय दलितआयोगकापूर्व कार्यवाहकअध्यक्षमन्जितताम्राकार, पूर्व खेलकुदमन्त्रीतथादलितमुक्ति मोर्चाका अध्यक्षदलजितसिर्पाइली, पूर्व राजदूतपदम सुन्दास, दलितनागरिक समाजकाअध्यक्ष मोतीलाल नेपाली, प्राज्ञ तथाचलचित्रकर्मी महेश गोदार, दलितअधिकारकर्मी चक्रमानविश्वकर्मा, संविधानसभा सदस्यतथादलितमुक्ति मोर्चाका इन्चार्ज परशुराम रम्तेल पुगेका थिए ।
फिल्ममाआर्यन सिग्देल, प्रदीप खड्का, पलशाह, अञ्जना बराइली, परीक्षालिम्बुलगायतको प्रमुखअभिनय रहेको छ ।
 

शुक्रबार​ १७ जेठ २०८१ ०४:४५ PM मा प्रकाशित

प्रतिक्रिया