काठमाडौं । नेपालीकांग्रेसका नेताप्रकाशमान सिंह अस्वस्थ्य भएका छन् । उनी स्वास्थ्यउपचारका लागिशुक्रबार दिल्ली उडेका छन् ।
कांग्रेस नेतृएवमश्रीमतीसिर्जना सिंह र छोरासहितप्रकाशनमानदिल्लीगएकाहुन् । ‘उहाँलाई प्रोष्टेटको समस्याथियो । नेपालमा बसेर उपचार गरिरहनु भएको थियो तर डाक्टरहरुकै सिफारिसमा दिल्लीमाशल्यक्रियाको प्रविधि राम्रो भएकाले त्यताजानुभएको हो,’ कांग्रेस नेतायुपी लामिछानेले भने ।
पार्टीका पूर्वमहामन्त्री समेत रहेका सिंह मधुमेह र उच्च रक्तचाप समस्याबाट पनि पीडित थिए । तर नियमितशारीरिक अभ्यासमार्फत उनले मोटोपन घटाएका थिए । हिँडडुल, जगिङ, शारीरिक कसरत र प्राणायाम गरेर स्वास्थ्यको हेरचाहगर्दै आएकाथिए ।
प्रतिक्रिया