काठमाडौं । नेपाली युवाहरुको उद्यमशिल प्रयासले उत्पादित छुर्पीले अन्तर्राष्ट्रिय बजारमा उल्लेखनीय सफलता हात पारेको छ । काठमाडौं उपत्यकामा स्थापना गरिएको ‘याला हिमालयन’ ब्रान्डको छुर्पी ‘डग चियु’ नामक नयाँ पहिचानसहित अमेरिकी बजारमा लोकप्रिय बन्दै गएको छ । ललितपुरस्थित चापागाउँमा तीन वर्षअघि विकास तिम्सिना, विश्वबन्धु शर्मा र मनोज हुमागाईँको नेतृत्वमा स्थापना गरिएको याला हिमालयन कम्पनीले केही समयअघि मात्रै आफ्नो ब्रान्डको छुर्पी अमेरिकामा निर्यात सुरु गरेको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज हुमागाईँका अनुसार अमेरिकामा एमेजनमार्फत ५१ सय प्याकेट छुर्पी पहिलो चरणमा बिक्री गरिएको हो । छुर्पीको माग हाल तीन गुणाले बढेको उनले जानकारी दिए । ब्रान्डिङ, प्याकेजिङ र रणनीतिले सफलता‘याला हिमालयल’ ब्रान्डको सुरुवाती मोडललाई परिमार्जन गर्दै कम्पनीले नयाँ नाम ‘याला हिमालयन डग चियु’ अन्तर्गत प्याकेजिङ र खुद्रा बिक्री सुरु गरेको हो । उपभोक्तालाई आकर्षित गर्न कम्पनीले एक किन्दा एक निःशुल्क अफरसमेत ल्याएको छ । अमेरिकी बजारमा यो छुर्पी तीन फरक प्रकारमा क्रमशः ९, १२ र १३ अमेरिकी डलर मूल्यमा बिक्री भइरहेको छ ।
प्रतिक्रिया