images

देशभर मनसुनी वर्षा ः आवश्यक सत र्कता अपनाउन अनुरोध

काठमाडौं । जलतथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमानमहाशाखाले हाल देशभर मनसुनीवायुको प्रभाव रहेको जनाएको छ ।
महाशाखाकाअनुसार मनसुनको न्यूनचापीय रेखापूर्वतर्फ सरदर स्थानको आसपास तथापश्चिमतर्फ सरदर स्थानको उत्तरमा अवस्थित रहेका कारण देशका धेरै स्थानमाभारी वर्षा भइरहेको छ ।
अहिले देशभर साधारणदेखि पूर्णतयाबदली छ । बागमती, गण्डकी, लुम्बिनीलगायत सबै प्रदेशमा साधारणदेखि मध्यम वर्षा भइरहेको छ । केही स्थानमाभने भारी वर्षा भइरहेको छ ।
महाशाखाकाअनुसार आजदिउँसो देशभर साधारणदेखि पूर्णतयाबदली रहने छ । सबै प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहितहल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
थोरै स्थानमाभारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमप्रदेशकाएकदुई स्थानमाअतिभारी वर्षाको सम्भावना छ ।
रातिपनिदेशभर साधारणतयादेखि पूर्णतयाबदली रहनेछ । कोशी र मधेस प्रदेशका केहीतथाबाँकीप्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहितहल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमप्रदेशकाथोरै स्थानमा तथामधेस प्रदेशकाएकदुई स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना छ ।
मुलुकका विभन्न भागमा भारी वर्षा हुँदा हुन सक्ने जोखिमबाट जोगिन सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ ।
 

शनिबार २२ असार २०८१ १२:२७ PM मा प्रकाशित

प्रतिक्रिया