images

नेपालीमा सिपीआर गीत सार्वजनिक

काठमाडौं । आपतकालीन अवस्थामा हृदयघात भएको बेला समुदायमा तत्काल प्रतिक्रिया दिने क्षमतामा सुधार ल्याउने उद्देश्यले हाप्सा नेपालले नेपाली सिपीआर गीत सार्वजनिक गरेको छ । यो गीतको सार्वजनिकरण हाप्सा नेपालको ग्रामीण क्षेत्रहरूको स्वास्थ्य सेवा क्षमता सुदृढ पार्न गरिएको प्रयासहरूको अर्को महत्वपूर्ण उपलब्धि हो । संगीत र लयलाई सिपीआर शिक्षामा समावेश गरेर, हाप्सा नेपालले जीवन बचाउने सीपलाई अझ आकर्षक र प्रभावकारी बनाउने लक्ष्य राखेको छ । यो गीतले समुदायलाई सिपीआर ९कार्डियोपल्मोनरी रेसुसिटेसन० प्रविधि सिक्न अझ सजिलो र प्रभावकारी बनाउने लक्ष्य राखेको छ । यस गीतले हृदयघातलाई कसरी पहिचान गर्ने, आपतकालीन सहयोग कसलाई बोलाउने, र कसरी हातमात्रको सिपीआर दिने भन्ने कुरा चरणबद्ध रूपमा सिकाउँछ । यस गीतको ताल १००–१२० धडकन प्रति मिनेटको सिफारिस गरिएको सिपीआर गति संग मेल खान्छ, जसले आपतकालीन अवस्थामा सही लय कायम गर्न सहयोग पु¥याउँछ । यो गीतको रचना डा। साउद धिलोनले गरेका हुन्, जो ब्राउन विश्वविद्यालयका इन्टरनल मेडिसिन चिकित्सक हुन् । नेपाली संस्करणलाई डा। रामु खरेलले अनुकूलन गरेका हुन्, जो ब्राउन विश्वविद्यालयका आपतकालीन चिकित्सा चिकित्सक तथा हाप्सा नेपालका संस्थापक हुन् । भिडियो ग्लोबल हेल्थ मिडिया सँगको सहकार्यमा अछाम जिल्लामा खिचिएको हो, जसमा न्याय हेल्थ नेपाल र बयालपाटा अस्पतालको सहयोग रहेको छ । हाप्सा नेपालले समुदाय–आधारित स्वास्थ्य सेवामा सुधार गर्न १० वर्षभन्दा बढी समयदेखि काम गर्दै आएको छ । प्रहरी, शिक्षक, स्वास्थ्यकर्मी लगायतका अग्रपंक्तिमा कार्यरत व्यक्तिहरूलाई सिपीआर तालिम दिने कार्यमा संलग्न हाप्सा नेपालले यो गीत तालिमलाई अझ प्रभावकारी बनाउने आशा गरेको छ । यो सिपीआर गीत यूट्युब, स्पोटिफाइ, र एप्पल म्युजिक जस्ता लोकप्रिय संगीत प्लेटफर्महरूमा उपलब्ध छ ।  स्जततउकस्ररथयगतग।दभरधशश्ल्ग्)क्ष्ँनmअरुकष्.तष्mद्धत्ँनअब्ल्थब्म्ध्द्दच

बिहीबार २५ पुस २०८१ ०८:१२ AM मा प्रकाशित

प्रतिक्रिया