सिरहा । गोलबजार इलाका प्रहरी कार्यालयका इन्चार्ज प्रहरी निरीक्षक ९इन्स्पेक्टर० सुदन केसीको सक्रिय नेतृत्व र कमाण्डमा लागू औषधविरुद्ध सशक्त कारवाही गरिएको छ।विशेष सूचनाको आधारमा प्रहरी निरीक्षक केसीको निर्देशनमा खटिएको प्रहरी टोलीले गोलबजार नगरपालिका–६, लक्ष्मीटोलस्थित खैरो हिरोइन जस्तो देखिने पदार्थसहित ३ जनालाई नियन्त्रणमा लिएको हो।प्रहरीले उनीहरूको साथबाट प्लास्टिकमा प्याक गरिएको खैरो हिरोइन जस्तो देखिने पदार्थ ९ ग्राम १०० मिलिग्राम तथा नगद रु। ५८ हजार बरामद गरेको जनाएको छ।नियन्त्रणमा पर्ने व्यक्तिहरूमा गोलबजार नगरपालिका–६ बस्ने १९ वर्षीय रोशन विश्वकर्मा, २८ वर्षीय बसन्त श्रेष्ठ र ३६ वर्षीय संजित मोहन रहेका छन्।
प्रतिक्रिया