images

दोलखा समाज जापानले १ करोडको कल्याणकारी अक्षय कोष स्थापना गर्ने

ओसाका । जापानमा रहेका दोलखा जिल्लाका नेपालीहरूको साझा संस्था दोलखा समाज जापानले आफ्नो सामाजिक दायित्व अझ मजबुत पार्ने उद्देश्यले १ करोड रकम बराबरको कल्याणकारी अक्षय कोष स्थापना गर्ने घोषणा गरेको छ ।

 समाजको हालै सम्पन्न विशेष बैठकबाट सर्वसम्मत निर्णय गर्दै सो कोषमार्फत आर्थिक, सामाजिक तथा आपतकालीन अवस्थामा सहयोग पु¥याउने लक्ष्य लिइएको छ। कोष स्थापनासँगै दोलखाली समुदाय मात्र नभई जापानमा रहेका अन्य नेपालीहरूलाई समेत आवश्यक परेमा राहत, उपचार तथा संकट व्यवस्थापनमा साथ दिने समाजको उद्देश्य छ । 

दोलखा समाज जापानका अध्यक्ष संजिव पोखरेलले भने, ‘हामी विदेशमा भए पनि हाम्रो सामाजिक भावना र समर्पणलाई जीवित राख्न चाहन्छौं । अक्षय कोष स्थापनाले दीर्घकालीन रुपमा आवश्यक परेको बेला सघाउने हाम्रो सपना साकार हुँदैछ ।’

 समाजको हालै सम्पन्न बार्बिक्यू कार्यक्रम तथा अक्षयकोष निर्माणार्थ सहायोग होस भन्ने हेतुले कोष समाजका अध्यक्ष पोखरेलले ५ लाख जापानीयन रकम सहयोग गरिसकेका छन् भने समाज संस्थापक अध्यक्ष एवं हालका संरक्षक नवराज थापाले प्रत्यक वर्ष बैवाहिक वर्षगाँठको अवसर पारेर एकलाख जापानीयनका दरले १० वर्ष सम्म निरन्तर कोषमा जम्मा गर्न प्रतिवद्धता गरेका छन् ।  साथै समाजका सचिव तिलकराज खतिवडाले ५० हजार जापानीयन रकम कोषमा सहयोग गर्ने प्रतिवद्धता गरेका छन् ।  

अक्षय कोष बृद्धि लागि ११ सदस्य अक्षय कोष बृद्धि समिती समेत गठन गरेको छ । समितिमा समाजका अध्यक्ष संजिव पोखरेल संयोजक रहने गरि नवराज थापा,रोशन थापा, महेश खड्का, रामचन्द्र गिरी, लोकराज चौलागाई र गिर बहादुर तामाङ,  नारायण खड्का, महेन्द्र राउत, अनुप खड्का, तिलक खतिवडा, रहने जनाईएको छ । दोलखा समाज जापानले अक्षय कोष बृध्दिका लागी विभिन्न सांस्कृतिक कार्यक्रम जस्तै दोलखा सांस्कृतिक साँझ, दशै , तिहार तिज संस्कृतिक कार्यक्रम, दोलखा महोत्सव जापान , दोलखाली संगीतीक साँझ आदि र विभिन्न खेलकुदका कार्यक्रम पनि गर्ने छ । संस्थको १ करोड को अक्षय कोषको लक्ष्य संस्थाले तोकेको समय भन्दा निकै चाडै हाँसिल गर्ने कुरा संस्थाको महासचिव अनुप खड्काले बताउनु भयो।

कोषमा हालको चरणमा सदस्यहरूको नियमित योगदान, शुभेच्छुकहरूको सहयोग र जापान तथा नेपालस्थित संघसंस्थाहरूको सहकार्यबाट कोष संकलन गरिनेछ। साथै, कोष पारदर्शिता र उत्तरदायित्वका आधारमा सञ्चालन गरिने जानकारी दिइएको छ। दोलखा समाज जापानले विगतदेखि नै विभिन्न सामाजिक, सांस्कृतिक तथा आपतकालीन सहयोग कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। कोरोना महामारी, भूकम्प पीडित सहायता र शैक्षिक कार्यक्रमहरूमा समाजको सक्रियता उल्लेखनीय रहँदै आएको छ ।
 

बुधबार २५ असार २०८२ १०:३३ AM मा प्रकाशित

प्रतिक्रिया